अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४८ | Colorodo: 17:03

भारतले गरेको भूमि अतिक्रमण सम्बन्धी बिज्ञमण्डलहरुको बहस बाना सामुदायिक केन्द्रमा हुने

विजय थापा २०७६ मंसिर २४ गते १५:३१ मा प्रकाशित

भारतले हालसालै प्रकाशित गरेको नक्सा भित्र नेपालका केही भूभाग पारेको विषयमा अमेरिकामा रहेका विज्ञहरूले डिसेम्बर १४ का दिन बहस कार्यक्रमको आयोजना गर्ने भएका छन् ।

डिसेम्बर १५ का दिन अमेरिकाका नेपालीहरू वासिङ्टन डिसीमा विरोध जुलुस प्रदर्शन गर्ने अन्तिम तयारीमा एकबद्ध भई रहेको अवस्थामा त्यसको ठिक एक दिन अगाडी बाल्टिमोर स्थित बाना सामुदायिक भवनमा अन्तिम तयारी को साथै बिज्ञमण्डलहरुको बहस समेत गर्ने आयोजकले जनाएका छन् ।

‘नेपालीको क्षेत्रीय अखण्डताको लागि नेपालीहरू’नामक नेपालीहरूको समूहका दिवाकर दाहाल द्वारा जारी गरिएको सार्वजनिक सूचनामा उक्त कुरा उल्लेख गरेका छन् ।

उक्त समूहको ४ पटक बैठक बसी रहेको छ भने दैनिक रूपमा कार्यक्रमका बारेमा अपडेट गर्दै जानकारी सार्वजनिक गरी रहेका छन् । उक्त बहस तथा छलफल कार्यक्रमको लागि नेपाल भूभाग र सीमा नाका सर्वेक्षण विभागका पूर्व महा निर्देशक बुद्धि नारायण श्रेष्ठ, प्रा तथा नेपाल सम्बन्धी विज्ञ प्रा चित्र कुमार तिवारी तथा त्रिभुवन विश्वविद्यालयका प्राकृतिक स्रोत व्यवस्थापनका पूर्व प्रा डा गोपी उप्रेती रहने छन् ।

कार्यक्रम प्रस्तोता एएनएका पूर्व अध्यक्ष तथा समाजसेवी रोजर अधिकारीले गर्ने भएका छन् । विरोध जुलुस हुने कार्यक्रम स्थल व्हाइट हाउस अगाडिको सडक मर्मत संभारको काम चलिरहेको र उक्त दिन अन्य कार्यक्रमहरूलाई स्थान उपलब्ध गराई सकिएकोले डिसेम्बर १५ आइतबारका दिनको कार्यक्रम हुने सुनिश्चित भएको छ ।

डिसेम्बर १५ को लागि बिहान १० बजे देखि २ बजे सम्मको लागि कार्यक्रम हुने छ । उक्त विरोध जुलुसमा आउँदा ब्यानरको साइज ३x६ फिट मात्र बोकेर जान पाइने छ । यस्ता प्रचार प्रसारका सामाग्रीहरू आउँदा उक्त पार्कमा ९;३० मिनेट भित्र प्रवेश गर्नु पर्ने छ । तुललाई पनि सेक्युरिटी चेक भए पछि मात्र प्रयोग गर्न अनुमति पाइने छ ।

उक्त उद्यानमा आउँदा कुनै पनि चिज सुरक्षा जाँच भए पछि मात्र उक्त पार्कमा प्रवेश पाइने छ । कुनै पनि चिज झोलामा बोकेर र गह्रौँ चिज बोकी भुईँमा राख्न पाइने छैन ।

यदि कुनै झोला या कुनै वस्तु मैदान या भुईँमा राखेमा तुरुन्तै सुरक्षामा खटिएका अधिकारीहरूले बन्द गराउन सक्ने छन् । आचार्यले अनुमति दिए पछि यस्ता कुराहरूमा सावधान र सतर्कता अपनाउन आग्रह गरेको बताए ।

आचार्यले कुनै पनि ब्यानर ९:३० सम्म पुग्ने पर्ने, उक्त उद्यानमा मञ्च १० देखि ११ सम्म बनाउने ,र कार्यक्रम ११ बजे देखि सुरु भई १ बजे सम्म चल्ने जनाएका छन् । यसै समय बिच वक्ताहरूले भाषण गर्ने,देशभक्ति गीत या नाराहरू लगाउने छन् । पार्कमा निर्माण गरिएको मञ्च देखि विरोध जुलुस सहित वासिङ्टन डिसी स्थित भारतीय राजदूतावास सँग अघि बढ्ने छ भने कार्यक्रम १:३० मा समाप्त हुने छ ।

Date: Saturday, December 14th
Time: 10:30 AM
Venue: BANA Community Resource Center
2906 Taylor Avenue

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू