अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३८ | Colorodo: 02:53

२० लाख घुस सहित सडक कार्यालय प्युठानका दुई इञ्जिनियर पक्राउ

बिआरटीनेपाल २०७६ मंसिर २४ गते ६:४२ मा प्रकाशित

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियरद्वय निरोज महर्जन र ध्रुव श्रेष्ठलाई पक्राउ गरेको छ। मंगलबार साँझ उनीहरूलाई काठमाडौं बानेश्वरको एलिनाज बेकरी क्याफेमा घुस लिँदालिँदै पक्राउ गरिएको अख्तियारले जनाएको छ।

उनीहरुको साथबाट १०/१० लाख बरामद गरिएको अख्तियार स्रोतले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू