अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२६ | Colorodo: 17:41

कोहलपुरको कर्फ्यु हट्यो, जनजीवन सामान्य बन्दै

बिआरटीनेपाल २०७६ मंसिर २४ गते ४:४५ मा प्रकाशित

बाँकेको कोहलपुरमा लगाइएको कर्फ्यु हटेपछि जनजीवन सामान्य बन्दै गएको छ । कोहलपुर नगरपालिका ६ मा आइतबार ट्रकको ठक्करबाट स्कुले बालिका घाइते भएपछि उत्पन्न तनावका कारण लगाइएको कर्फ्यु मंगलबार बिहानबाट हटाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

सोमबार बिहान जनजीवन सामान्य भएको भनिए पनि दिउँसो फेरि प्रदर्शनका कारण तनाव भएपछि पसल बजार बन्द भएका थिए भने सर्वसाधारणलाई आवतजावत गर्न दिइएको थिएन । कोहलपुर नगरपालिका–११ की १२ वर्षीया प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि सोमबार र आइतबार दिउँसो कोहलपुर तनावग्रस्त भएको थियो भने मंगलबार बिहान पनि र्याली निकालिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू