अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२२ | Colorodo: 21:37

प्रहरी ज्यादतिविरुद्ध रंगशाला अगाडि पत्रकारको प्रदर्शन

बिआरटीनेपाल २०७६ मंसिर २४ गते ४:३६ मा प्रकाशित

खेलकुद पत्रकारहरुले प्रहरीले ज्यादति गरेको भन्दै त्रिपुरेश्वरमा प्रदर्शन गरेका छन् । दशरथ रंगशाला अगाडि दर्शकहरुमाथि प्रहरीले लाठीचार्ज गरेको भिडियो लिएको भन्दै पत्रकार सुमन चापागाईंलाई प्रहरीले कुटपिटको विरोधमा पत्रकारहरुले प्रदर्शन गरेका हुन् ।

पत्रकारमाथि भएको आक्रमणको विरोधमा नेपाल खेलकुद पत्रकार मञ्च सम्बद्ध र विदेशी पत्रकारहरुले विरोध जनाएका छन् । प्रहरीको कुटाइबाट पत्रकार चापागाईंको मुख र कानमा चोट लागेको छ । उनलाई रंगशालाभित्र राखेपको प्रांगणमा लगेर कुटपिट गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू