अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५८ | Colorodo: 19:13

साग फुटवल – नेपाल लगातार दोस्रोपटक च्याम्पियन, भुटान २-१ गोलले पराजित

बिआरटीनेपाल २०७६ मंसिर २४ गते ४:१९ मा प्रकाशित

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल लगातार दोस्रोपटक च्याम्पियन बनेको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाईनल खेलमा नेपालले भुटानलाई २-१ गोलले पराजित गर्दै लगातार दोस्रोपटक स्वर्ण जितेको हो । नेपाल फुटबलमा सन् १९८४, १९९३, २०१६ र सन् २०१९ गरी चारपटक च्याम्पियन बनेको छ ।

नेपालका लागि पहिलो गोल खेलको १६ औं मिनेटमा अभिषेक रिजालले गरेका थिए । भुटानले खेलको ३८ औं मिनेटमा जवाफी गोल फर्काएको थियो । भुटानका लागि कप्तान चेम्चो ग्याल्चेनले गोल फर्काएका थिए ।

तर, खेलको ५४ औं मिनेटमा नेपालका लागि सुनिल बलले गोलसंख्या दोब्बर बनाएका थिए । सागको यही संस्करणको पहिलो खेलमा नेपालले भुटानलाई ४-० गोलले पराजित गरेको थियो ।

नेपाल १२ औं सागको स्वर्ण विजेता हो । नेपालले १२ औं सागमा भारतको भूमिमा भारतलाई नै पराजित गर्दै स्वर्ण जितेको थियो । त्यसैगरी पहिलो सागमा नेपालले बंगलादेशलाई ४-२ गोलले पराजित गर्दै च्याम्पियन बनेको थियो भने सन् १९९३ मा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा हराएको थियो । भारत भने यस संस्करणको फुटबलमा सहभागी भएको थिएन ।

यो संगै नेपालले १३ औं सागमा ५१ स्वर्णपदक जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू