अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२२ | Colorodo: 00:37

दशरथ रंगशाला बाहिर फुटबल समर्थकमाथि प्रहरीको लाठीचार्ज, पत्रकार पनि कुटिए

बिआरटीनेपाल २०७६ मंसिर २४ गते ४:०३ मा प्रकाशित

तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत मंगलबार अन्तिम दिन फुटबलको प्रतिस्पर्धा हुने त्रिपूरेश्वर स्थित दशरथ रंगशाला बाहिर प्रहरी र दर्शकबिच झडप भएको छ । भुटानसँग हुने नेपालको फाइनल खेलको टिकट लिन गएका दर्शकहरु टिकट सकिएको थाहा पाएपछि विरोधमा उत्रिएका थिए । त्यसपछि प्रहरीले उनीहरुमाथि लाठी चार्ज गरेको हो ।

दर्शकमाथि गरेको लाठी प्रहारको फोटो खिचिरहेका पत्रकार सुमन चापागाईँमाथि पनि प्रहरीले आक्रमण गरेको छ । पत्रकार चापागाईँको कानमा चोट लागेको छ । प्रहरीले केही दर्शकलाई भ्यानमा राखेर लगेको त्यहाँ रहेका पत्रकारहरुले बताएका छन् ।

दशरथ रंगशालाको क्षमता १५ हजार दर्शकको हो । साग फाइनलका लागि टिकट खुलेको तीन घण्टा नपुग्दै सकिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू