अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३६ | Colorodo: 10:51

चिलीमा ३८ जना सवार सैन्य विमान बेपता

बिआरटीनेपाल २०७६ मंसिर २४ गते ३:०२ मा प्रकाशित

चिलीमा एक सैन्य विमान सम्पर्कबिहीन भएको छ । १७ जना चालक दलका सदस्यसहित २१ यात्रु रहेको सैन्य विमान उडान शुरु गरेको केही समयमै सम्पर्क विहिन भएको अधिकारीहरुले जनाएका छन् ।

चिलीको वायु सेनाले हराइरहेकाहरुको खोजी कार्य सुरु गरेको जनाएको छ । एयसफोर्सका अधिकारीहरुका अनुसार अन्र्टा्टिकाको किङ जर्ज टापुबाट मान्टाल्वातर्फ जाँदै गरेको सैन्य विमान सम्पर्क बिहिन भएको बीबीसीले जनाएको छ ।

चिलीका राष्ट्रपति सेबास्टिन पीनेराले समेत घटनाको पुष्टि गर्दै खोजी कार्यमा कुनै कमि नराख्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू