अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:११ | Colorodo: 18:26

न्यु योर्कमा दुई नेपाली माथि छुरी प्रहार

बिआरटीनेपाल २०७६ मंसिर २३ गते २३:२५ मा प्रकाशित

न्युयोर्कको ज्याक्सनहाइटमा अज्ञात समूहले छुरी प्रहार गरी दुई नेपाली गम्भीर घाइते भएका छन् । स्थानीय एलमष्ट अस्पतालमा उपचारको भइरहेको उनीहरू सोलुखुम्बुका पेम्बा शेर्पा र सिन्धुपाल्चोक हेलम्बुका ङवाङ पासाङ लामा हृयोल्मो हुन । पेम्बालाई किढनीनै खराब हुने गरी छुरीले आक्रमण गरेका थिए भने ङवाङको जिउभरि जता सुकै छुरीले हानेर घाइते बनाएका छन् । घाइते ह्योल्मो र शेर्पाको अनुसार उनीहरूमाथि शुक्रवार रातको १२ बजे तिर बङ्गालीको समूहले छुरी हानेको थिए ।

‘ हामीहरू ज्याक्सनहाइटको डेलिहाइटबाट खाना खाएर बाहिर निस्कँदै थियो नचिने मान्छेहरू झगडा गरिरहेको देखेपछि छेउमा गएर हेर्न जाँदा किन हेरेको भनी बङ्गालीको समूहले हामीमाथि छुरीले आक्रमण गरियो ’ घाइते ङवाङले भने—‘ त्यो दिन हामी कसैसँग झगडा गरेको थिएन हामीले तिनीहरू कोही चिन्दा पनि चिन्दैनौ तर एक्कासि हामी माथि यसरी आक्रमण गरियो ’ । ग्याङ फाइट भनेर गलत हल्ला फिजिएकोमा चिन्तित हुँदै ङवाङले भने ‘ हामी कोहीसँग झगडा गरेकै थिएन त्यस दिन पनि हामी खाना खाएर घर फर्कन लाग्दा यो दुर्दशा भयो ’ उनले बताए ।

लामो समय देखिन एकै ठाउँमा काम गर्ने ङवाङ र पेम्बा छुरी लागेर घाइते भएपछि अर्का साथी छिरिङ गुरुङले एम्बुलेन्स बोलाएर अस्पताल पुर्‍याएको ङवाङले बताए । अहिले ङवाङको स्थिति सामान्य भए पनि पेम्बाको स्थिति निकै गम्भीर रहेको छ । बङ्गालीको समूहले हानेको छुरीले पेम्बाको एउटा किडनी पुरै क्षति भएको छ । पेम्बा अहिले राम्ररी बोल्न सक्दैन । ‘ हामी घर काम गदै आएको थियो कहिल्यै पनि झगडा गदैन्थ्यो तर त्यो दिन अचानक हामी माथि बङ्गालीको समूहले आक्रमण गरियो ’ पेम्बाले भने—‘ अझै पनि आश्चर्य लाग्छ किन हामीमाथि उनीहरूले आक्रमण गर्‍र्यो ?

अस्पतालमा छोराको स्याहार गरिहेका पेम्बाका बुबा ल्हाक्पा गेल्जे शेर्पा मात्र होइन भेटन आएका पेम्बाको आफन्तहरू सबै कोहीसँग झगडा नगर्ने पेम्बाको स्थिति देखेर निकै दुख मानिरहेका छन् । ज्याक्सनहाइटमा झगडाले गम्भीर रूप लिइसकेको केही बेरपछि प्रहरी आएर ज्याक्सनहाइट आसपास पुरै बन्द गरी त्यहाँ राखेको क्यामरा र भुईँमा भेटेको फोनको माध्यमबाट दोषीहरू पक्री सकेका छन् । ज्याक्सनहाइटमा हुँदै आएको यस किसिमको घटनाले त्यस आसपासमा व्यापार व्यवसाय गरिरहेका नेपाली लगायत अन्य समुदाय समेत असुरक्षित बन्दै गएको भनी चिन्तित हुन थालेका छन्।

ज्याक्सनहाइटको डाइभर्सिटि प्लाजमा सुरक्षा क्यामेरा राखे पनि प्राय झैझगडा हुँदा प्रहरीहरू समयमै नआएको दुखेसो डेलिहाइट रेस्टुरेन्टका सञ्चालक गणेश बरुवालले पोखेका छन् । ‘ज्याक्सनहाइटमा होमलेसहरु झैँ झगडा गरिरहने भएकोले प्रहरीलाई खबर गर्दा समयमा नआउने तर कसैले बन्दुक बोकेछ भनेमा समय आउने अनुभव सुनाउँछन् रेस्टुरेन्टका सञ्चालक गणेश बरुवाल । ‘ज्याक्सनहाइटमा कुनै घटना घटेको बित्तिकै प्रहरीलाई खबर गरे पनि समयमा प्रहरी नआउनले ज्याक्सनहाइट असुरक्षित बन्दै गएको छ’ । रेस्टुरेन्ट सञ्चालक बरुवालले बताए । उनी लामो समय देखिन ज्याक्सनहाइटमा रेष्टेरेन्ट सञ्चालन गदै आएका छन् । त्यस क्षेत्रमा आधा दर्जन भन्द बढी नेपालीको रेष्टरेन्ट व्यवसायको साथै मणि ट्रान्स्फर, गहनापसलहरु छन् । एभरेस्टटाइम्सले खबर छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू