अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१४ | Colorodo: 20:29

एक महिनामा एक पटक खाए पुग्ने गर्भ निरोधक चक्की

बिआरटीनेपाल २०७६ मंसिर २३ गते २३:०० मा प्रकाशित

अमेरिका, तपाईँ दैनिक रूपमा गर्भ निरोधक चक्की खाएर दिक्क हुनुहुन्छ भने अब चिन्ता नलिनुहोस् । वैज्ञानिकहरूले एक महिनामा एक पटक एक चक्की खाँदा महिना भरी ढुक्क हुन सक्ने औषधि पत्ता लगाएका छन् ।

यौ औषधि हाल सुँगुरमा परीक्षण गरे पनि मानिसमा भने परीक्षण गर्न बाँकी छ । सुँगुरमा भने सो औषधिले सफल परीक्षण भएको छ । म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजीले हालै रिलिज गरेको सो क्याप्सुल तारा आकारको छ । जिलेटिनले बाहिरी भाग ढाकिएको सो क्याप्सुल पेटमा केही हप्तासम्म रहन सक्ने र त्यसले गर्भ निरोधक हार्मोनहरूलाई बिस्तारै निष्कासन गर्ने बताइएको छ । यसबाट एक पटक लिएको चक्कीले एक महिना सम्म काम गर्ने छ । बाहिर क्याप्सुल आकारमा देखिए पनि पेट भित्र पुगेपछि सो क्याप्सुल तारा आकारमा परिणत हुन्छ र त्यसबाट क्रमैसँग औषधि शरीरमा निष्कासन हुन्छ । सीएनएनले खबर छापेको छ ।

फायल फोटो

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू