अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३३ | Colorodo: 15:48

अमेरिकामा पत्रकारद्वारा द्वय स्व विनय कु कसजु तथा स्व विनय गुरुवाचार्य प्रति श्रद्धाञ्जली अर्पण

विजय थापा २०७६ मंसिर २३ गते २२:१७ मा प्रकाशित

डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रको बाल्टिमोरमा हालसालै दिवङ्गत हुनु भएका वरिष्ठ पत्रकार द्वय स्व विनय कु कसजु तथा स्व विनय गुरुवाचार्य प्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

मेरिल्यान्ड राज्यको बाल्टिमोर स्थित नेपाल हाउस(चमेना गृह)मा अन्तर्राष्ट्रिय नेपाली पत्रकारहरूको सञ्जाल (ईञ्जा )ले डिसी महानगर क्षेत्रका सामाजिक अभियन्ता ,संचारकर्मी तथा समुदाय सदस्यहरूको उपस्थितिमा नेपाली भाषा-साहित्य, पत्रकारिता र सञ्चार जगतका दुई धरोहरहरू स्व कसजु तथा स्व गुरुवाचार्य प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

ईञ्जाले पहिलो पटक बाल्टिमोरमा कार्यक्रमको आयोजना गरेको हो । उक्त श्रद्धाञ्जली सभामा स्व कसजु तथा स्व गुरुवाचार्यको बारेमा सङ्क्षेपमा वहाहरुको परिचय, समाज र पत्रकारिता जगतमा वहाहरुले गरेका योगदानको बारेमा ईञ्जाका अध्यक्ष गुणराज लुइँटेलले चर्चा गर्नु भएको थियो ।

दिवङ्गत हुने स्व कसजु तथा स्व गुरुवाचार्यको लागि नेपाल तथा अन्य मुलुकबाट वहाहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै वहाहरुको बारेमा सन्देश पठाइएको अडियो भिडियो समेत प्रस्तुत गरिएको थियो ।

पत्रकारिता पेशाका स्थापित तथा चर्चित पत्रकारहरू तीर्थ कोइराला ,कपिल काफ्ले ,ध्रुवहरि अधिकारी, रामकृष्ण रेग्मी, बेल्जियमबाट लक्ष्मण देवकोटाले दुवै जनाको बारेमा पत्रकारितामा वहाहरुको भूमिका ,योगदान र वहाहरुको बहुआयमिक व्यक्तित्वको बारेमा सङ्क्षेपमा चर्चा गर्नु भएको श्रव्य दृश्य (भिडियो )प्रस्तुत गरिएको थियो ।

पत्रकार तीर्थ कोइरालाले दुवैको बारेमा चर्चा गर्दै गुरुवाचार्य कुनै पनि समाचारलाई ३ श्रोत सँग निश्चित (प्रमाणित )गरे पछि मात्र समाचार लेख्ने बताउनु भएको थियो । कसजू चेतनाले भरिएको मानिस, पाल्पामा गएर घर मै भेटेको स्मरण गर्दै ग्रामीण पत्रकारिताको विकासमा उहाँको योगदानको बारेमा चर्चा गर्नु भयो ।

यसै बेल्जियमबाट पत्रकार लक्ष्मण देवकोटाले कसजूले केन्द्रमुखी पत्रकारितालाई ग्रामिणमुखि बनाउन सफल हुनु भयो । स्व कसजु कम बोल्ने र लेख्दा खेरि रुवाउन सक्ने, हँसाउन सक्ने क्षमता भएको बताउनु भयो ।

यसै गरी ईञ्जाका संरक्षक योगेश उपाध्यायले दुवैको चर्चा गर्नु भएता पनि कसजुलाई नजिकबाट चिनेको बताउनु भयो । यसै गरी ईञ्जाका सल्लाहकार हरि अधिकारीले लुम्बिनी अञ्चलबाट लेख्ने पत्रकारहरू मध्ये स्व कसजु लेखनमा सर्व श्रेष्ठ हुनु हुन्थ्यो भन्नु भयो ।

यसै गरी बाल्टिमोरका पत्रकार सतिस चापागाई स्वयम् पाल्पाको भएकोले पाल्पामा छापाखाना लगेर चलाउनु भयो । र वहा सत्य भन्ने साप्ताहिक पत्रिका सञ्चालन गर्नु हुन्थ्यो भनी जानकारी दिनु भयो । स्व कसजु कम बोल्ने ,वहासंग व्यक्तिगत तालिम पनि आफूले लिएको र अमेरिका आउनु अगाडी भेटेको बताउनु भयो ।

यसै गरी महा बाणिज्यदुत प्रेम राजा महत लगायत अन्य विभिन्न सङ्घ/संस्थाका नेतृत्व/ प्रतिनिधि/संचारकर्मीहरुले पनि वहाहरुको बारेमा बोल्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।

कार्यक्रममा सङ्क्षेपमा ईञ्जाका सदर मुकामका वरिष्ठ उपाध्यक्ष सुनिल दाहालले संस्थाको बारेमा परिचय,उद्देश्य र भावी योजना बारेमा चर्चा गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन ईञ्जाका वरिष्ठ उपाध्यक्ष (ग्लोबल,विश्व) विष्णु शीतलले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया