अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०१ | Colorodo: 13:16

इथियोपियाकी फ्रेवेनि मेब्राहतु सिएनएन २०१९ वर्ष कि हिरो घोषित

विजय थापा २०७६ मंसिर २३ गते ८:३१ मा प्रकाशित

हिजो डिसेम्बर ८ आइतबारका दिन न्यु योर्कमा सम्पन्न सिएनए वर्षकी हिरोमा फ्रेवेनि मेब्राहतु घोषित भएकी छिन् । सिएनएन हिरो (नायक ) २०१९ को लागि १० प्रतिस्पर्धी मध्ये उनले बाजी मारेकी हुन् । उनले पुरस्कार प्राप्त गरे पछि मलाई अझ मलाई के भन्नु थाहा छैन, म सिएनएन प्रति नम्र र कृतज्ञ छु।

उनले अगाडी भनिन यो सबै ठाउँका सबै युवतीहरू र महिलाहरूको लागि हो। सबैका मर्यादा लागि भन्दै सिएनएन लाई धन्यवाद दिइन ।

विकासशील देशका केही भागहरूमा सांस्कृतिक कलङ्क हटाउन अविश्वसनीय कार्यका लागि मेब्राहतु सम्मानित गरिएको हो । मेब्राहतु इथियोपियाका हुन् र अमेरिकामा रासायनिक अभियन्ता अध्ययन गरेकी छिन् ।

उनले महिलाको मासिक धर्म हुँदा प्रयोग हुने आफैले ढाँचा गरेर पुन प्रयोग गरी एकत्व अधिकार भएको टालो सन् २००५ मा बनाएकी थिइन् । हाल उनी र उनको समूहले इथियोपियाको उनको कारखानामा एक वर्ष ७ लाख ५० हजारपुन: प्रयोग योग्य प्याड(टाला)हरू उत्पादन गर्दछन्। झन्डै ८ लाख महिलाले फाइदा लिएका छन् ।

उनले बनाउने ८० प्रतिशत भन्दा ज्यादा भन्दा बढी प्याड(टाला )हरू गैर-सरकारी संस्थाहरूमा बेचिन्छन् जुन उनीहरूलाई नि: शुल्क वितरण गर्छिन् । सबै १० प्रतियोगीहरूलाई १० हजार डलर जनही दिएता पनि उनी सिएनएन हिरो २०१९ घोषित भएकीले उनलाई १ लाख डलर प्रदान गरिने छ ।

प्रतिक्रिया