अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०२ | Colorodo: 04:17

केन्यामा भएको इन्टरनेशनल च्याम्पियनसिपमा नेपाली खेलाडी विष्टले जिते स्वर्ण पदक

बिष्णु गिरी २०७६ मंसिर २३ गते ८:१६ मा प्रकाशित

केन्या । सातौँ मोबोसा ओपन तोङ्ग ईल मो–दो इन्टरनेसनल च्याम्पियनसिपमा सहभागी तोङ्ग ईल मो–दो सङ्घ नेपालका खेलाडीले स्वर्ण पदक जितेका छन् । प्रतियोगितामा नेपालले १ स्वर्ण, ४ रजत र २ कांस्य पदक जितेको केन्यामा रहेका तोङ्ग ईल मो–दो सङ्घ नेपालका उपाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार यही डिसेम्बर ७ र ८ भएको अन्तर्राष्ट्रिय प्रतियोगिता नमः विष्टले (कैलाली ) १ स्वर्ण (फाईटमा) १ रजत (कातामा), प्रकाश श्रेष्ठले (झापा) १ रजत (काता), जय बहादुर तामाङ (गोरखा) १ रजत (फाइट) १ रजत (सामूहिक काता) १ कांस्य (एकल काता) र मङ्गल शाहीले (सुर्खेत) १ कांस्य (फाइट) पदक नेपालका जितेका हुन् । सङ्घका उपाध्यक्ष प्रकाश श्रेष्ठको नेतृत्वमा ६ सदस्य टोली दक्षिण अफ्रिकी देश केन्याको दोस्रो ठुलो सहर मम्बोसामा भएको ७ औँ मोम्बसा खुल्ला तोङ्ग ईल मो-दो अन्तर्राष्ट्रिय मार्सल आर्ट्स प्रतियोगितामा सहभागिता जनाएसँगै सबै खेलाडीले पदक जित्न सफल भएका हुन् ।

विश्वको २५ देशले सहभागिता जनाएको उक्त प्रतियोगिताको समापनमा केन्याको खेलकुद मन्त्री, विश्व तोङ्ग ईल मो दो सङ्घका संस्थापक डा. जोन हु सुक, सङ्घका अन्तर्राष्ट्रिय उपाध्यक्ष मास्टर ताका मिस्टु हुसिले विजेता खेलाडीहरूलाई मेडल प्रदान गरेका थिए ।

नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य इन्दिरा निरौलाले खादा लगाएर बिदाइ गरेकी थिइन् । तोङ्ग ईल मो–दो नेपालका महासचिव विष्णु गिरीले खेलाडीहरूलाई राज्यको तर्फबाट कुनै सहयोग नभएको भए पनि नेपाली खेलाडीहरूले केन्यामा देशको झन्डा फहराउन सफल भएकोमा खुसी ब्यक्त गरे ।

सम्बन्धित सामग्रीहरू