अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३६ | Colorodo: 04:51

हात नभएकी पहिलो महिला विमान चालक

बिआरटीनेपाल २०७६ मंसिर २३ गते ७:५८ मा प्रकाशित

एजेन्सी । जन्मदै हात नभएकी एक महिला विमान चालिका बनेकी छन् । हालै विमान चालक अनुमति पत्र प्राप्त गरेकी जेसिका कक्स नाम गरेकी ती महिला दुर्लभ जेनेटिक रोगका कारण बिना हात जन्मेकी थिइन् ।

दुवै हात नभए पनि उनले युनिभर्सिटी अफ एरिजोनाबाट मनोविज्ञानमा ग्रेजुयट गरेकी छन् । सबै काम खुट्टाले गर्ने उनले तेक्वान्डोमा ब्ल्याक बेल्ट समेत प्राप्त गरेकी छन् ।

४० माइलको एल टुर दे टक्सनमा भाग लिएकी उनले प्रेरणादायी किताब डिस्आर्म योर लिमिट्स इम्पसिबिलिटी लेखेकी छन् । दुवै हात भएका मानिस बराबर खुट्टाले काम गर्ने जेसिका खुट्टैले पियानो बजाउँछिन् । स्कुबा डाइभिङ समेत गर्ने उनी हात विहिनताले मानिसलाई सीमाभित्र नबाँध्ने बताउँछिन् ।

एक जना फाइटर जेट चालकले उनलाई विमान चालक बन्न सक्ने बताएपछि उनी यो यात्रामा तम्सिएकी हुन् । उनले ३ वर्षको अभ्यासपछि १० अक्टोबर २००८ मा १० हजार फिटसम्म उडाउनका लागि सानो स्पोर्ट विमानको चालक अनुमति पत्र पाएकी थिइन् ।

त्यसपछि उनले ४० माइलको टुर गरिन र सन् २०१५ मा डिस्आर्म योर लिमिट पुस्तक लेखिन् । उनले सन् २००५ मा युनिभर्सिटी अफ एरिजोनाबाट ग्रेजुयट गरेकी हुन् ।

Video: Born Different Facebook

Photo: rightfooted (instagram)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू