अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१० | Colorodo: 20:25

कानुन निर्माणमा विदेशी गैरसरकारी संस्थाको प्रभाव चुनौती

बिआरटीनेपाल २०७६ मंसिर २३ गते ७:२६ मा प्रकाशित

प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानअधिकार समितिले प्रमाण ऐन, २०३१ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत पारित गरेको छ । सोमबार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकले सामान्य परिमार्जनसहित विधेयक पारित गरेको समिति सभापति कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो ।

बैठकले मुलुकी अपराधसंहिता, देवानी संहिता तथा देवानी कार्यबिधी कार्यान्वयनमा देखिएका आमनागरिकका गुनासो सम्बोधन गर्नेगरी संशोधनका लागि कार्यदल बनाउन र कार्यदलको सुझावअनुसार संशोधन विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।

बैठकमा सहभागी उपप्रधान एवं कानुनमन्त्री उपेन्द्र यादवले संविधानको मर्म, भावना र अन्तर्राष्ट्रिय मानवअधिकारका आधारभूत मान्यता प्रतिकूल नहुनेगरी कानुन निर्माण गर्न आग्रह गर्नुभयो । बैठकमा सत्तारुढ दल नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले कानुन निर्माणमा विदेशी ‘आइएनजीओ’को प्रभाव चुनौती भइरहेको भन्दै कानुनको ‘ड्राफ्ट’ बनाउनेक्रममा सुरुकै चरणदेखि सचेततापूर्वक ध्यान दिन कानुन मन्त्राललको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू