अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०७ | Colorodo: 04:22

बालयौन दुराचारमा संलग्न भएको अभियोगमा अमेरिकी नागरिक पक्राउ

बिआरटीनेपाल २०७६ मंसिर २३ गते ७:२० मा प्रकाशित

आर्थिक प्रलोभन देखाएर नेपाली बालबालिकामाथि यौन शोषण गरेको आरोपमा एक जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा अमेरिकी नागरिक ५६७४७२५३५ राहदानी नम्बर वाहक ४० वर्षका ज्यासन ल्योयड मुडी रहेका छन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको गेस्ट हाउसको १०४ नम्बर कोठाबाट पक्राउ गरेको हो । मेमोरियल गेस्ट हाउसको उक्त कोठाबाट ती बालिकाको उद्दार गरिएको ब्युरोका प्रवक्ता एसपी वेलबहादुर पाण्डे सीआइएनलाई जानकारी दिनुभयो । प्रहरीका अनुसार पक्राउ परेका अमेरिकी नागरिक पेडो (बाल यौन दुराचारी) हुन् ।

उनको साथबाट प्रहरीले अमेरिकी राहदानी तीन वटासहित ल्यापटप, विभिन्न कम्पनीको मोबाइल, एटीएम कार्ड, विश्व भाषा क्याम्पसबाट जारी आईडी कार्ड लगायत बरामद गरेको छ । उनीमाथि जबरजस्तीकरणीको कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू