अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०९ | Colorodo: 23:24

साग– पौडीतर्फ गौरिकालाई चौथो स्वर्ण

बिआरटीनेपाल २०७६ मंसिर २३ गते ७:१८ मा प्रकाशित

१३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत नेपाली पौडी खेलाडी गौरिका सिंहले चौथो स्वर्ण जितेकी छन् । सातबाटोस्थित हिटिङ स्वीमिङ पुलमा सोमबार भएको एक सय मिटर फ्री–स्टाइमा उनले स्वर्ण जितेकी हुन् ।

९८ दशमलव १३ सेकेण्डमा निर्धारित दूरी पार गर्दै उनले स्वर्ण जितेकी हुन् । नेपालको साग इतिहासमै एकै संस्करणमा चार स्वर्ण जित्ने उनी पहिलो खेलाडी हुन् । उनले यसअघिका प्रतिस्पर्धामा तीन स्वर्ण जितिसकेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू