अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३२ | Colorodo: 07:47

फिनल्यान्डको प्रधानमन्त्रीमा ३४ वर्षिय साना निर्वाचित

बिआरटीनेपाल २०७६ मंसिर २३ गते ७:१९ मा प्रकाशित

फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ । प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बन्नुभएको हो । मरिन यस अघि यातायात मन्त्री हुनुहुन्थ्यो ।

पाँच वटा पार्टीको मिलिजुली सरकारमा साना प्रधानमन्त्री बनेको बताईएको छ । रोयटर्सका अनुसार उहाँ विश्वकै कान्छी प्रधानमन्त्री हुनुहुन्छ ।

साना २७ वर्षकै उमेरमा फिनल्यान्डको औधोगिक शहर टेम्पुरीको सिटी काउन्सी प्रमुख बन्नुभएको थियो । फिनल्यान्डको औधोगिक क्षेत्रमा हड्ताल भइरहेको छ। त्यसकै कारण यस अघिका प्रधानमन्त्रीले राजीनामा दिएका हुन्। यही अवस्थामा उहाँले प्रधानमन्त्रीको कार्यभार सम्हाल्न लाग्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू