अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४९ | Colorodo: 12:04

नेकपा सचिवालय बैठक– मंसिर २९ गते स्थायी समिति बैठक बस्ने

बिआरटीनेपाल २०७६ मंसिर २३ गते ७:०९ मा प्रकाशित

सत्तारुढ नेकपाको स्थायी कमिटि बैठक मंसिर २९ गते बस्ने भएको छ । आज बसेको सचिवालय बैठकले मंसिर २९ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो । पार्टी मुख्यालयमा अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले केन्द्रिय आयोग र विभागको पूर्णताका लागि प्रमुख र उपप्रमुखलाई सात दिन भित्र महासचिव विष्णु पौडेल समक्ष प्रस्ताव पेश गर्न निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

सवै आयोग र विभागका प्रमुख र उपप्रमुखले प्रस्ताव पेश गरेपछि आगामी सचिवालय बैठकले छलफल गरेर पूर्णता दिने निर्णय भएको श्रेष्ठले बताउनुभयो । बैठकले कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले दिएको राजिनामा अस्वीकार गर्दै पूर्ववत् काममा फर्किन निर्देशन दिएको छ । बैठकले विधान संशोधनका लागि स्थायी कमिटिमा प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।

यस्तै समिक्षाका लागि उपनिर्वाचन भएका क्षेत्रका पार्टी कमिटिलाई प्रतिवेदन पठाउन पाँच दिनको समय थप गरेको छ । बैठकमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुनुभएको थिएन । सचिवालय बैठक २५ मंसिरमा पुनः बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू