अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४६ | Colorodo: 05:01

गीतकार बिटु केसीको “आधा मन. . .” सार्वजनिक

बिआरटीनेपाल २०७६ मंसिर २२ गते १४:४१ मा प्रकाशित

ह्यूस्टन, गीतकार बिटु केसीको “आधा मन स्वदेशमै….” बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको छ । स्वदेशको माया र विदेशको पीडा बोकेको यो गीतले श्रोता, दर्शकको मन जित्न सफल हुनेछ भन्ने विश्वास गरिएको छ । गीतमा आशिष् गुभाजुको सुमधुर स्वर रहेको छ भने सङ्गीत – स्ट्रिंग अफ सुल्तानका टाइटल पाएका सङ्गीतकार अनिल शाहीले भरेका हुन ।

अनिल शाहीको सङ्गीत र बिटु केसीको शब्द रचनामा यस अघि दुई वटा भिडियो गीत सार्वजनिक भइसकेको छ । जुन “तिमीले बोले मात्रै के हुन्छ यो मनमा..” र ” मायालुको वात मिठो, बिताएका साथ मिठो…” बोलको छ । यस मध्ये मायालुको वात मिठो बोलको गीत अत्यधिक मन पराइएको थियो । सार्वजनिक यो गीत “आधा मन ” एल्बमको शीर्ष गीत हो । अझै बाँकी दुई वटा गीतहरू शीघ्र सार्वजनिक हुने क्रममा छन् ।

प्रतिक्रिया