अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०८ | Colorodo: 08:23

इरानले बन्दी बनाएको अमेरिकी विद्यार्थीलाई बन्दी साटासाटमा मुक्त गर्‍यो

बिआरटीनेपाल २०७६ मंसिर २२ गते १०:२९ मा प्रकाशित

इरानले अमेरिकी विद्यार्थीलाई कारागार मुक्त गरेको छ । सियु वांग नाम गरेका विद्यार्थीलाई बन्दी बनाएको ३ वर्ष पछि उनलाई मुक्त गरेको हो ।

उनलाई बन्दी साटासाटमा मुक्त गरेको हो । प्रिन्सटन विश्वविद्यालयको पिएचडी विद्यार्थी, तेहरानमा अनुसन्धान गरिरहेको बेला उनलाई २०१६ को अगस्तमा जासुसीको आरोपमा पक्राउ गरिएको थियो। उनलाई इरानको कुख्यात इभिन जेलमा पठाइएको थियो र १० वर्षको जेल सजाय सुनाइएको थियो।

उनलाई इरानमा जासुसी गरेको अभियोगमा नियन्त्रणमा लिई थुनामा राखिएको थियो । उनलाई शनिवार डिसेम्बर ७ का दिन मुक्त गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निश्चित गरेका छन् ।

स्विस सरकारको मध्यस्थतामा उनलाई मुक्त गरिए पछि ट्रम्पले धन्यवाद दिएका छन् । ट्रम्पले एक विज्ञप्तिमा भनेका छन् “अपहरणमा परेका अमेरिकीहरूलाई स्वतन्त्र गर्नु मेरो प्रशासनको लागि अत्यन्त महत्त्वपूर्ण छ, र हामी गलत तरिकाले विदेशमा परेका हाम्रा सबै नागरिकहरूलाई घर फर्काउन कडा परिश्रम गरिरहेका छौँ,”

वाङको रिहाइको बदलामा अमेरिकाले इरानी वैज्ञानिक मसूद सोलिमानीलाई मुक्त गरेको छ । इरानी स्टेम सेल वैज्ञानिक सोलिमानीलाई २०१८ मा सिकागोमा अवतरण गर्दा युएसल इन्फोर्समेन्टले पक्राउ गरेको थियो ।

श्रोत: सिएनएन, तस्बिर: एसोसिएट प्रेस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू