अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१९ | Colorodo: 19:34

उज्ज्वल ठकुरीलाई अमेरिकी सिनेटरद्वारा सम्मान पत्र

बिआरटीनेपाल २०७६ मंसिर २२ गते १०:०८ मा प्रकाशित

कराते खेलाडी उज्ज्वल ठकुरी जसले ५ पटक विश्व कीर्तिमानी राखेका छन् उनलाई अमेरिकी सिनेटरद्वारा सम्मान पत्र प्राप्त भएको छ । मेरिल्यान्डमा आयोजित एनआरएनको कार्यक्रममा गैर आवासीय नेपाली सङ्घका केन्द्रीय सचिव गौरी जोशीले सम्मान पत्रमा लेखिएको कुरा पढेर सुनाएका थिए ।

सम्मान पाउनुमा ठकुरीलेले आफ्नी श्रीमती प्रियङ्का नेपालको समेत धेरै ठुलो भूमिका रहेको बताएका छन् । ‘सिनेटर सम्म पत्राचार गर्ने मेरो अर्धाङ्गिनी श्रीमती प्रियङ्का नेपाल ठकुरीजीलाई साथै अमेरिकामा रहेका सबै पत्रपत्रिकाहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु’ उनले भने ।

उनले आफ्नो प्रत्येक जितमा सहभागीभै हौसला बढाउने कृष्णबहादुर बलाल, गुरु प्रभु थापा, बानाको अध्यक्ष सुबोध पन्त र सम्पूर्ण बाना परिवार, दमन विक्रम शाह, ऋचा शाह, रबिन्द्र प्रताप सिंह, योगेन्द्र सिंह लगायत आफ्ना शुभचिन्तकहरूलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू