अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२८ | Colorodo: 03:43

छाती किन दुख्छ ? कारण यस्तो हुन सक्छ ।

बिआरटीनेपाल २०७६ मंसिर २२ गते ९:३९ मा प्रकाशित

चिसोका कारण मानिसमा छातीको सङ्क्रमणको जोखिम पनि बढ्दो छ । यस्ता संक्रमण घट्दो तापक्रमका कारण शरद ऋतु तथा जाडो मौसममा बढी हुने गर्दछ ।

धेरैजसो छातीका संक्रमण आफैँ निको भएर जाने खालको हुन्छ । कुनै कुनै छातीको संक्रमण जटिलता निम्त्याउनुका साथै मानिसको मृत्यु समेत हुने गर्छ । फोक्सो वा श्वास-प्रस्वास नलीमा हुने संक्रमण नै छातीको संक्रमण हो । जसले गर्दा निमोनिया, ब्रोङ्काइटिस जस्ता जटिल समस्या निम्तिन्छ ।

ब्रोङ्काइटिसको संक्रमण भाइरसका कारण हुने गर्छ भने निमोनियाको संक्रमण ब्याक्टेरियाका कारण हुन्छ । सङ्क्रमित व्यक्तिले हाच्छ्युँ गरे तथा खोकेसँगै यस्ता संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने गर्दछ । यदि कुनै सङ्क्रमित व्यक्तिले अन्य कुनै व्यक्तिको नजिक गएर वा अन्यको हातमा हाच्छ्युँ गरेमा पनि सर्ने गर्दछ । यस्ता संक्रमण जो कसैलाई हुनसक्छ । तर त्यसको जोखिममा यी समूह बढी रहने गर्दछन् ।

छातीको संक्रमण, छाती रोग र यसको समाधान, उपचारको विषयमा हामीले सर गङ्गाराम हस्पिटल नयाँ दिल्लीबाट विशेषज्ञता हासिल गरेर पोखराको ओम, र मणीपाल शिक्षण अस्पतालमा कार्यरत छाती रोग विशेषज्ञ डा. सिपी आचार्यसँग कुराकानी गरेका छौँ । हेर्नुहोस् यो कुराकानी ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू