अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२७ | Colorodo: 07:42

मिस पूर्वाञ्चलको प्रतियोगीहरूलाई शिष्टाचार तालिम

बिआरटीनेपाल २०७६ मंसिर २२ गते ९:१५ मा प्रकाशित

धरान / आगामी पौष ५ गते धरानमा आयोजना हुने पूर्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता नेपालआईस मिस पूर्वाञ्चल को दसौँ संस्करणको सहभागी प्रतियोगीहरूलाई आइतबार धरान स्थित युएन नवोदय कलेज अफ होटेल म्यानेजमेन्टमा शिष्टाचार व्यवस्थापन तथा डाईनिङ्ग एट्टीच्युड सम्बन्धी तालिम दिइएको छ ।

प्रतियोगीहरूलाई कलेजका होटेल म्यानेजमेन्टका प्रमुख संयोजक गगन श्रेष्ठले खाना खाने तरिका, बस्ने तरिका र कति मात्रामा खाने सँगै डाईनिङ्ग एट्टीच्युड सम्बन्धी विशेष तालिम दिइएको थियो । दुई दशक देखि नै होटेल म्यानेजमेन्ट क्षेत्रमा दक्खल राख्नुहुने प्रशिक्षक गगन श्रेष्ठले मिस पूर्वाञ्चलको सुरुवाती दिन देखि नै प्रतोयोगीहरुलाई प्रशिक्षण दिँदै आउनुभएको छ ।

प्रियारानी लामाको कोरियोग्राफीमा प्रतिस्प्रधिहरू फिनालेको ट्रेनिङमा व्यस्त छन् सँगसँगै उनीहरूलाई धरान हेल्दी होमका सिइओ सुप्रिया माझीले हेल्थ टिप्स , बिपीकेआइएचएस का ऐनाटोमी डिपार्टमेन्टका डा . सरुन् कोइराला र डा . सन्दीप शाहले ज्यामितीय अनुहार एन्थ्रोपोमेटिक आकलन तथा अनुहारको प्रकारहरू बारे प्रशिक्षण दिएका थिए । त्यस्तै पत्रकार देवेन्द्र कार्कीले कन्फिडेन्ट लेभल कसरी बढाउने भन्ने बारे जानकारी दिएका थिए ।

सिजी ब्रुअरी को मुख्य प्रायोजन, बराह ग्रुपको प्रस्तुति , ओम शान्ति कम्पनी लिमिटेड सिओल कोरिया र डिभाइन वाइनको को सह -प्रायोजनमा तथा सिल्भर इन्टर टेनमेन्टको आयोजनामा हुने नेपाल आइस मिस पूर्वाञ्चल २०१९को विभिन्न सब टाइटलको लागि समेत फिनाले अघि प्रतिस्पर्धा गराइदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू