अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५८ | Colorodo: 12:13

अर्जुन सापकोटा र गायिका देर्वी घर्ती मगरको स्वरमा रहेको गीत वनकी चरी

बिआरटीनेपाल २०७६ मंसिर २२ गते ८:५० मा प्रकाशित

चितवन । चर्चित गायक अर्जुन सापकोटा र गायिका देर्वी घर्ती मगर को स्वरमा निकै उत्कृष्ट गीत वनकी चरी सार्वजनिक भएको छ । गीतमा गायक सापकोटा, राजु ढकाल र करिस्मा ढकालको अभिनयमा रहेको छ । गीतले माया प्रेममा भएको बिछोडको कथालाई समेटेको छ ।

सँगै घरबार गर्ने वाचा तोडिएको र बोलचाल समेत बन्द रहेको कुरा र अहिले समाजमा भएको प्रेम जोडिको कथालाई गीतले सम्बोधन गर्ने प्रयास गरेको छ । अर्जुन सापकोटाको प्रस्तती रहेको सो गीतलाई उनले आफ्नै युट्युब च्यानल मार्फत शनिवार सार्वजनिक गरेका छन् । गीत तथा भिडियो साच्चैनै राम्रो र फरक पनको बनेको कारण दर्शक तथा श्रोताको मन जिती फिल समेत भएका छन् ।

सो गीतमा कृष्ण बस्यालको शब्द र अर्जुन सापकोटाको लय रहेको छ भेन स्मृति तिमलसिना गुरु आमाको निर्देशन, करण चैसिरको छायाङ्कन रहेको छ । उक्त गीत मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।

प्रतिक्रिया