अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५० | Colorodo: 11:05

कोरियामा नेपाल देखि ल्याइएको बुद्ध मूर्तिमै लुट

लुट नभए खोइ खरिद प्रक्रियाका कागजात ?

बिआरटीनेपाल २०७६ मंसिर २० गते ११:२५ मा प्रकाशित

लुट नभए खोइ खरिद प्रक्रियाका कागजात ?
उजुरी गरे खरिद प्रक्रिया सबै छानबिन हुने राजस्व अनुसन्धान विभाग

बिराटी नेपाल विशेष प्रतिनिधि, कोरिया । बुद्ध नेपालमै जन्मेका हुन है भन्ने सन्देश दिने हेतुले नेपाली सम्पर्क समिति (एनसिसी) दक्षिण कोरियाको संयोजक सहित अध्यक्ष अञ्जु केसी (डोल कुमारी खत्री) को संयोजकत्व, नेपाली दूतावास संरक्षण र बौद्ध परिवार दक्षिण कोरियाको सहकार्य सँगसँगै विभिन्न नेपाली सङ्घ संस्थाका सत्र जना प्रतिनिधि सम्मिलित सचिवालय गठन र मुख्यरुपमा कोरियामा रहेका नेपालीहरूको आर्थिक सहयोग मार्फत दक्षिण कोरियाको प्रसिद्ध धार्मिक पर्यटकीय स्थलका रूपमा परिचित ख्यङ्ंगी प्रान्तको योङ्गईन शहरस्थीत वाउछाङ्सा गुम्बा परिसरमा स्थापना गरिएको नेपाल क्युरियो आर्ट प्रा.लि.मार्फत खरिद गरेर ल्याएको तामा र धातु मिश्रित बुद्ध प्रतिमाको आर्थिक प्रतिवेदन पत्रकार सम्मेलन मार्फत दुई पटक सार्वजनिक गरेको भनेर प्रचार गरे पनि विभिन्न शीर्षकमा गरिएको खर्चमै अनियमितता भएको सचिवालयका एक सदस्यले नाम नछाप्ने सर्तमा बताएका छन् ।

सन् २०१८ जनवरीमा गठित बुद्ध प्रतिमा स्थापना समितिले सुरुवाती चरणमा नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सहकार्यका लागी नेपाली दूतावास मार्फत लेखिएको पत्र प्राप्त पश्चात् तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रबिन्द्र अधिकारी पनि सकारात्मक भएका थिए भने बुद्ध प्रतिमा स्थापनाका लागि गठित समितिलाई अभियानका विषयमा प्रपोजल पठाउन अनुरोध गरेका थिए तर पछि समितिले यस विषयलाई बेवास्ता गरी केसाङ नाम गरेका व्यक्ति मार्फत नेपाल क्युरियो आर्टमा मूर्ति बनाउने प्रस्ताव पुर्‍याए सँगै एनसिसी कोरियाकी अध्यक्ष अञ्जु केसी, लोचन राई, प्रितम गुरुङ सहित समितिका जिम्मेवार सदस्यहरू जोडिएको र बुद्ध प्रतिमाको तौल छ सय केजी रहेको नेपाल क्युरियो आर्टका म्यानेजिङ्ग डाइरेक्टर जुनिल नरसिंह शाक्यले बताएका छन् तर समितिले ८ सय केजी तौलको प्रतिमा भनेर झुटो प्रचारबाजी गरेको भेटिएको छ ।

बिना प्रमाणको आर्थिक प्रतिवेदन
कोरियामा रहेका नेपाली सङ्घसंस्थाका प्रतिनिधि, व्यापारी, मजदुर लगायत गरी कुल ४०६ जनाबाट सङ्कलित ५ करोड २० लाख ७६ हजार ५ सय ४१ कोरियन बोन रकम मध्य नौ फिट अग्लो बुद्धको प्रतिमा खरिद लागत २२ लाख ५० हजारको कम्पनीको प्यान बिलमा देख्न सकिन्छ भने प्रतिमालाई कोरिया ल्याउनका लागि नेपाली दूतावासको महत्त्वपूर्ण भूमिकाका कारण कोरियन एयरलाइन्सले ८६० केजी कार्गोको करिब तीन हजार डलर मिनाहा गरेको समितिले जनाए पनि बुद्ध प्रतिमाको मात्र जिम्मेवार लिएको नेपाल क्युरियो आर्टले नेपाली सम्पर्क समिति अध्यक्ष अञ्जु केसीलाई १३ अप्रिल २०१८ मा मूर्ति बाहेक कार्गो सहित सबै सेवा शुल्क भनी १ लाख २५ हजार २ सय ५० सहित लोगो बनाउँदा १५ हजार र बुद्ध प्रतिमा मूल्य २२ लाख ५० हजार गरी कुल २३ लाख ९० हजार २ सय पचास नेपाली रुपैयाँ बराबरको हिसाबका विषयमा यसरी भनेको हो अञ्जु जी भनी कुराकानी भएको र प्यान बिजक २६ फेब्रुअरी २०१८ मै जारी भैसकेको अवस्थामा पेपर छिटो बनाइदिनु है सर भन्ने जवाफ प्यासेन्जरबाट गएको देखिन्छ । यस विषयमा बुझ्न खोज्दा एनसिसी अध्यक्षले फोन नै उठाइनँ तर प्रतिमा स्थापनाका लागि गठित सचिवालय सदस्य प्रितम गुरुङ, यम श्रीस लगायतले आफ्नो वचाउँका लागि तुच्छ र अव्यवहारिक जवाफ अख्तियारमा उजुरी हाल्नुस्,पैसा खाएर समाचार बनाउन लागेको, समाचार आएपछि हामी खण्डन गर्ने छौ, कोरियाको नेपाली समाजमा कसले कति खाए त्यसको प्रमाण खोइ खोजेको सम्म भनेका छन् भने बुद्ध प्रतिमा नेपाल देखि ल्याउँदाका सम्पूर्ण सक्कल प्रमाणपत्र दिन इन्कार गर्नुको साथै खर्चको पारदर्शीताका लागि आवाज उठाउनेलाई सचिवालय सदस्यले कोरियन कानुनको हवाला दिँदै धम्क्याउने सम्म गरेको भेटिएको छ ।

त्यस्तै समितिले उपलब्ध गराएको खर्च विवरणमा कुनै पनि खर्चको बिल समावेश छैन खाली खर्चका बिबरणमात्र समावेश गरिएको छ । अभियानको क्रममा खाना खर्चमै कुल १७ लाख कोरियन बोन भन्दा बढी र मूर्ति अनि गजुरलाई गोल्डेन कलर लगाउँदा भनी दुई शीर्षकमा २८ लाख ५० हजार कोरियन वन खर्च देखाइएको छ जसको आधिकारिक प्रमाण छैन, त्यस्तै सचिवालयले समितिका सदस्यलाई हस्तान्तरण गरिने भनेर छापिएको १९ ओटा सम्मान पत्रमा नेपाली दूतावासका राजदूत संरक्षक र एनसिसी अध्यक्ष संयोजक रहेको उल्लेख गरेको भए पनि दुवैको हस्ताक्षर छैन जुन विषय लापरबाही सहित हास्यास्पद देखिन्छ भने दूतावास संरक्षण रहेको अभियानबाट बुद्ध प्रतिमा स्थापना सचिवालयबाट ओभरस्ट्रेका कारण एक सदस्य नेपाल डिपोर्ट भएका थिए ।

बुद्ध प्रतिमाको स्थापनापछि खर्च कटाई बाँकी ७१ लाख ५२ हजार ३ सय ६९ कोरियन बोन अर्थात् लगभग सात लाख नेपाली रकम मौज्दातका विषयमा कोरियामा रहेका नेपालीले चाँसो राख्दा कसैले गिद्धे नजर नलगाईयोस कसैलाई नछोडिने भनेर सामाजिक सञ्जालमा एनसिसी अध्यक्ष अंञ्जु केसीले आक्रोश पोखेको विषयमा महासचिव निर्मल बेलबासेले २४ फेब्रुअरी २०१९ मा प्रेस विज्ञप्ति मार्फत रकमलाई प्रस्ट पारिदिन र धम्कीको घोर भर्त्सना गरेको केही महिना पछि १२ मे २०१९ मा वाउछाङ्सा गुम्बा परिसरमा एक कार्यक्रमको आयोजना गरी ऐतिहासिकरुपमा समापन गरिएको बुद्ध प्रतिमा स्थापना अभियानलाई उल्टै ३ लाख ८७ हजार ४४३ कोरियन बोन घाटा भएको विवरण पेस गरिएको छ र घाटालाई सचिवालय भित्रका सदस्यले आफनै पैसाले चुत्ता गरेको जानकारी दिएको छ ।

निवेदन दिएको खण्डमा अनुसन्धान हुन्छ: राजस्व अनुसन्धान विभाग महानिर्देशक
यदि उल्लेखित बस्तु हेण्डीक्राफ्टसँग सम्बन्धित छ भने त्यसको हकमा प्यान बिल जारी गर्न मिल्छ तर प्यान बिलमा उल्लेखित रकम आयकरमा देखाउन पर्छ । बुद्ध प्रतिमा निर्यात गर्दा मूल्य खुलाइएको भन्सार प्रमाणपत्र, कन्ट्री अफ ओरिजिन लगायत मूर्तिको जुन मूल्य तोकिएको छ सोही मूल्य भुक्तानी प्राप्त गरेको हुनुपर्छ । यदि यस विषयमा आवश्यक कागजातसहित कसैले निवेदन दिएको खण्डमा भन्सार लगायत निर्यात प्रमाणपत्र सहित बिलमा उल्लेख गरेको मूल्य बराबरको राजस्व तिरेको हो वा होइन भेरिफाई गरिन्छ, बिशेषत यो आन्तरिक राजस्व विभागसँग सम्बन्धित रहेको र उल्लेखित रकम बराबरको आय विवरण आन्तरिक राजस्व विभागमा पेस गरेको हुनुपर्छ यदि त्यो अनुसार बिक्री वितरण नभएको खण्डमा स्वतः कानुनी कारबाही हुन्छ ।

फोटो साभार: सामाजिक सञ्जालबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू