अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०७ | Colorodo: 03:22

मुक्तक

प्रतिमा जी.सी. २०७६ मंसिर २० गते ८:१२ मा प्रकाशित

१-
हुलिया दिन लिन अनेक अखबार छन् दिन दिनै
मान्छेलाई धिक्कार्नु पर्ने समाचार छन् दिन दिनै
यस समाजमा मर्द पुरुष जन्माउने महिला माथि
मानसिक र शारीरिक बलात्कार छन् दिन दिनै

२-
जन्मदिने आमाको गर्भ, न बा को घर सुरक्षित छ
नागरिकता दिने देश, न देशभन्दा पर सुरक्षित छ
यत्ति असुरक्षित हुंदाहुंदै पनि जन्मन्छन् छोरीहरू
नामपछि पिता र पति लाग्छन् न थर सुरक्षित छ

 

प्रतिक्रिया