अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२७ | Colorodo: 22:42

प्रधानमन्त्री ओलीको नीति राष्ट्रवाद नभएर लम्पसारवाद हो – सभापति देउवा

बिआरटीनेपाल २०७६ मंसिर २० गते ६:१५ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको राष्ट्रवाद लम्पसारवाद रहेको बताउनुभएको छ । भारतले नेपाली भूमि मिचेको विषयलाई सरकारले चासो नदिएको आरोप लगाउँदै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

शुक्रबार नेपाल प्रेस युनियन नवलपुरले गरेको कार्यक्रममा उहाँले कालापानीबारे भारतसँग वार्ता गर्न नखोज्नुले प्रधानमन्त्री केपी शर्मा ओलीको नीति राष्ट्रवाद नभएर लम्पसारवाद रहेको आरोप लगाउनुभयो ।

देशका सबै पार्टीहरु र जनताले समर्थन गर्दा पनि सरकारले सीमा सुरक्षा गर्नतर्फ ध्यान नदिएको देउवाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू