अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२९ | Colorodo: 21:44

१३ औं ‘साग’मा नेपाल अहिलेसम्म ४१ स्वर्ण जित्न सफल, भारत शीर्षस्थानमा (अपडेट)

बिआरटीनेपाल २०७६ मंसिर २० गते ४:४४ मा प्रकाशित

१३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल दोस्रो स्थानमा यथावत् रहेको छ । अहिलेसम्म नेपालले ४१ ओटा स्वर्णपदक जितेको छ । नेपालले शुक्रबारमात्रै गल्फमा दुई तथा एथ्लेटिक्स र भारोत्तोलनमा एक एक स्वर्णपदक जितिसकेको छ ।

भारत ७२  स्वर्णसहित शीर्ष स्थानमा रहँदा तेस्रो स्थानको श्रीलंकाको २३, चौथो स्थानको पाकिस्तानको १९, पाँचौं स्थानको बंगलादेशको ४, छैटौं स्थानको माल्दिभ्सको एक स्वर्णपदक छ । पुछारको भुटानको ६ कास्यपदकमात्रै छ ।

नेपालले अहिलेसम्मका साग संस्करणमा जितेको कुल स्वर्णको संख्या १११ पुगेको छ । १२ औं सागसम्म नेपालले ७१ स्वर्णपदक जितेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू