अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५२ | Colorodo: 06:07

ठूला बैंक मर्जर भएमात्र आर्थिक समृद्धिका लागि ठूलो पुँजी उपलब्ध हुन्छ – अर्थमन्त्री खतिवडा

बिआरटीनेपाल २०७६ मंसिर २० गते ३:४५ मा प्रकाशित

अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्रमा सुधारको लागी मध्यकालीन र दीर्घकालीन लगानीको आवश्यकता रहेको बताउनुभएको छ । आज(शुक्रबार) काठमाडौैंमा आयोजित ग्लोबल र जनता बैंकको मर्जरको औपचारिक शुभारम्भ कार्यक्रममा मन्त्री खतिवडाले उच्च आर्थिक वृद्धिका लागि ठूला पुँजी आवश्यक हुने र ठूला पुँजी निर्माणको लागि पनि बैंक मर्जरमा जानुपर्ने बताउनुभयो ।

यस मर्जरले अन्य बैंकहरु पनि मर्जरमा जानको लागी अझै उत्साह थपिएको भन्दै मन्त्री खतिवडाले पुँजी वृद्धि गरि लगानीको लागी समेत आग्रह गर्नुभयो । बैंक मर्ज भएपछि स्मार्ट बैंकिङको अभ्यास गर्न समेत मन्त्री खतिवडाले आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले बैंकमा प्रविधि भित्राउनुपर्नेमा जोड दिनुभयो । नेपाली बैंकहरु अझै पनि प्रविधिमा पछि नै भएकोले सबैं बैंकले प्रविधिगत क्षमतालाई विकास गर्नुपर्ने उहाको भनाई थियो । डा. नेपालले मुलुक वित्तिय स्थायित्वतर्फ अघि बढेको समेत दाबी गर्नुभयो ।

यो सँगै अव वाणिज्य बैंकको संख्या २७ पुग्ने छ । यि बैंकहरु मर्जर भएर ग्लोबल आईएमई रहने छ भने चुक्ता पुँजी २० अर्ब पुगेको छ । यसअघि नेपाल राष्ट्र बैंकले बिग मर्जरको नीति लिएको थियो । मर्जरपछि जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर कार्यकारी अधिकृत बन्नुभएको छ ।

प्रतिक्रिया