अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०७ | Colorodo: 23:22

हैदरावाद बलात्कार काण्डका ४ आरोपी इन्काउन्टरमा मारिए

बिआरटीनेपाल २०७६ मंसिर २० गते ३:३६ मा प्रकाशित

भारतको हैदरावादमा एक महिला पशु चिकित्सकलाई बालत्कारपछि हत्या गरेर जलाउने ४ अभियुक्तहरु प्रहरी इन्काउन्टरमा मारिएका छन् । शुक्रबार बिहान प्रहरीले ती अभियुक्तलाई घटनाबारे थप जानकारी लिनका लागि घटनास्थलमा लगेको थियो। घटनास्थलमा पुगे लगत्तै अभियुक्तहरुले प्रहरीको बन्दुक खोसेर भाग्न खोजपछि उनीहरुलाई गोली प्रहार गरिएको तेलगू प्रहरीले जनाएको छ।

प्रहरीले अभियुक्तहरुलाई शुक्रबार बिहान साढे ३ बजे बैंगलुरु हैदरावाद राजमार्गमा पर्ने चट्टानपाली गाँउ नजिकै लगिएको थियो। प्रहरीका अनुसार अभियुक्तहरुलाई कसरी महिलाको हत्या गरेको भन्ने विषयमा सोधपुछ गर्ने क्रममा प्रहरीमाथि नै जाइ लाग्ने खोजेपछि प्रतिकारमा उनीहरु मारिएका थिए।

मारिनेहरुमा मोहम्मद अलि अलियास मोहम्मद अरिफ,जोलु शिवा,जोलु नविन कुमार र चिन्ताकुन्ता चिना केशुभुला रहेका छन्। उनीहरु प्रहरीमाथि नै जाइ लागेका थिए।गत साता उनीहरुले २६ वर्षीय एक भेटनेरी डाक्टरलाई बलात्कारपछि हत्या गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू