अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४८ | Colorodo: 06:03

सागः नेपाली महिला क्रिकेट टिम श्रीलंकासँग पराजित, बंगलादेश र श्रीलंका फाइनलमा भिड्ने

बिआरटीनेपाल २०७६ मंसिर २० गते ३:३३ मा प्रकाशित

श्रीलंका १३ औं दक्षिण एसियाली खलकुद अन्तर्गत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा श्रीलंकाले नेपाललाई ४१ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । फाइनलमा अब बंगलादेश र श्रीलंका भिड्ने भएका छन् । नेपालले कांस्यका लागि शनिबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

पोखरा रंगशालामा टस जितेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११८ रन बनाएको थियो। ११९ रनको लक्ष्य पच्छ्याएर ब्याटिङमा आएको नेपाली टिमले २० ओभरमा ९ विकेट गुमाउँदै मात्रै ७७ रन पुरा बनायो।

नेपालकी रुविना क्षत्री, अप्सरा बेगम, कविता कुँवर र करुणा भण्डारीले बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बटु्ल्न सकेनन्। नेपालका सिता रानामगर, इन्दु बर्मा र डली भट्ट शुन्यमै आउट भए। श्रीलंककी सचिन निशानसालाले ३ विकेट लिइन् भने सत्थ्य सन्दिपानीले ४ ओभर बलिङ गर्दै २ विकेट लिइन् भने १ मेडन ओभर राखेर जम्मा ५ रन खर्च गरिन्। पहिले ब्याटिङ गरेको श्रीलंकाको तर्फबाट लिहिनी अप्सराले सवा ३७ रन बनाइन् भने जनादी अनालीले ३५ रन जोडिन्। नेपालको तर्फबाट सरस्वती कुमारी र सोनु खड्काले २र२ विकेट लिए।

नेपालले ३ खेलमा १ जित र २ हार ब्यहोरेको छ। नेपाल अंक तालिकाको तेस्रो स्थानमा छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू