अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३८ | Colorodo: 04:53

बुढीगण्डकी प्रभावितलाई उचित मुआब्जा दिन कांग्रेसको माग

बिआरटीनेपाल २०७६ मंसिर १९ गते ६:४२ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुढीगण्डकी प्रभावितहरुलाई उचित मुआब्जा दिन माग गरेको छ। आयोजनाले सोमबार सार्वजनिक गरेको मुआब्जाप्रति असहमति जनाउँदै प्रभावितहरु आन्दोलित भएपछि कांग्रेसले उचित मुआब्जा दिएर आयोजना निर्माण हुने सुनिश्चितता गर्न माग गरेको हो।

बुढीगण्डकी जलविद्युत् आयोजनाले आरुघाट र आर्खेत क्षेत्रका जग्गालाई दश वर्गमा विभाजन गरेर प्रतिआना ५० हजारदेखि ७ लाखसम्म मुआब्जा निर्धारण गरेको छ। मुआब्जाको रकम सार्वजनिक भएपछि स्थानीयहरु माग भन्दा कम रकम दिन लागेको भन्दै आन्दोलित भएका छन्। उनीहरुले प्रतिआना २५ लाख रुपैयाँसम्म मुआब्जा पाउनु पर्ने माग अघि सारेका छन्। १२०० मेटावटाको जलासय युक्त आयोजना निर्माणका लागि सरकारले २०७३ सालदेखि मुआब्जा तिरण सुरु गरेको थियो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विकास परियोजनाहरु संचालन गर्न स्थानीयवासीलाई आवश्यक विश्वासमा लिइनुपर्ने विषय सामान्य ज्ञानको दायरा भित्रकै विषय रहेको बताउनुभएको छ । मंसिर १५ को मुआब्जा निर्धारण तत्काल फिर्ता लिएर स्थानीयवासीसँग पर्याप्त छलफल गरेर न्यायोचित मुआब्जा निर्धारण गरी समाधानमा पुग्न सबै जिम्मेवार पक्षलाई नेपाली कांग्रेसले आग्रह गरेको उहाको भनाई थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू