अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०८ | Colorodo: 19:23

फ्रान्स, बेलायत र क्यानडाका नेताले ट्रम्पको कुरा काटेको दृश्य भिडिओ मा कैद

बिआरटीनेपाल २०७६ मंसिर १९ गते ६:४३ मा प्रकाशित

उत्तर एटलान्टिक सन्धी संगठन (नाटो)को ७० औं वार्षिक बैठक सकिएको छ। आन्ध« महासागरको वारिपारि रहेका २९ देश सदस्य राष्ट्र रहेको नाटो बैठकपछिको एक भिडिओ भने अहिले चर्चामा छ । उक्त भिडिओमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, फ्रान्सका राष्ट्रपति इम्यानुल म्यांक्रो ट्रम्प र बेलायती राजकुमारी एनाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कुरा गरिरहेका छन्।

भिडिओ रेकर्ड हुँदै छ भन्ने उनीहरूलाई पत्तो थिएन। सुरूमा जोनसन भन्छन् – ए त्यही कारणले उनी ढिला भएका हुन? ट्रुडो जवाफ दिनुहुन्छ, प्रेस कन्फरेन्समा ४० मिनेट गफ लगाएर बसेर ढिला भएको नि! ए, ए उहाँले घोषणा गरे‘

त्यसबीचमा फ्रान्सका राष्ट्रपति म्यांक्रो उत्साही हुँदै केही प्रतिक्रिया दिनुहुन्छ तर उनको आवाज भिडिओमा सुनिएको छैन। राजकुमारी एनाले पनि बोल्छिन् उनको भनाइ पनि भिडियोमा सुनिन्न। त्यसपछि सबैजना हाँस्छन्।

ट्रुडो भन्छन्– मैले उनका सदस्यले छक्क परेको देखेको छु। त्यसपछि राजकुमारी एनाले कुरा गर्छिन् तर सुनिन्न। ट्रम्पले बैठकपछिको संयुक्त पत्रकार सम्मेलन छोडेर हिँडेका थिए। संवाददातासँग कुरा गर्दै ट्रम्पले ट्रुडोलाई दुईजीब्रे भएको आरोप लगाउनुभएको थियो । उहाँले ट्रुडोले अरू बेला ठूल्ठूला कुरा गरे पनि आफूसँग लत्रक पर्ने गरेको बताउनुभएको थियो । उहाँले क्यानडाले आफ्नो कुल ग्राहस्थ उत्पादनको २ प्रतिशत रक रक्षा बजेटमा खर्च नगरेको भन्दै ट्रुडोको आलोचना गर्नुभएको छ । लन्डन जानुअघि ट्रम्पले फ्रान्सका राष्ट्रपति म्यांक्रोलाई निच विचार भएको व्यक्ति भनी टिप्पणी गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू