अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१५ | Colorodo: 01:30

गण्डकी मेडिकल कलेज पोखराबाट ९ विद्यार्थी पक्राउ

बिआरटीनेपाल २०७६ मंसिर १९ गते ६:४० मा प्रकाशित

प्रहरीले गण्डकी मेडिकल कलेजका ९ विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । विद्यार्थीले आजदेखि सुरु एमबीबीएस पहिलो वर्षको परीक्षा बहिस्कार गरेका छन् । माग पूरा नभएसम्म परीक्षा बहिस्कार गर्ने विद्यार्थीले निर्णय गरेपछि ९ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका विद्यार्थीलाई प्रहरीले डाडाँको नाक प्रहरी चौकीमा लगेको छ । पक्राउ परेका एक विद्यार्थीले प्रहरीले बिनाकारण आफूहरुलाई पक्राउ गरेको जनाएका छन् ।

एमबीबीएस पहिलो र दोस्रो वर्षमा उठाइएको गैरकानुनी शुल्क फिर्ता गर्ने सहमति मंसिर १० गते भएको थियो । शिक्षा मन्त्रालय र मेडिकल कलेज सञ्चालकबीच भएको उक्त सहमति ‘अमूर्त’ रहेको भन्दै विद्यार्थीले त्यसलाई अस्वीकार गर्दै परीक्षा बहिस्कार गरेका हुन् ।

शुल्क समायोजन गरिने भनिए पनि एमबीबीएस तेस्रो र चौथो वर्षमा उठाइएको गैरकानुनी शुल्कबारे केही नबोलिएको, कुन शीर्षकमा उठाइएको कति शुल्क फिर्ता गर्ने सहमति भएको उल्लेख नभएको भन्दै विद्यार्थीहरु आन्दोलनरत् छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू