अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४७ | Colorodo: 19:02

नेपालका उज्वल शर्मा ठकुरीद्धारा विश्व रेकर्ड कायम

बिआरटीनेपाल २०७६ मंसिर १९ गते ६:३० मा प्रकाशित

नेपालका उज्वल शर्मा ठकुरीले पाचौं पटक गिनिज बुक वल्र्ड रेकर्ड कायम गर्नुभएको छ । बाना एसोसिएसनको पहलमा उहाँले १ मिनेटमा सार्वधिक ६८ अण्डा फुटाएर विश्व रेकर्ड कायम गर्नुुृभएको हो । ठकुरीले केही महिना अगाडि भ्यानडम भारोत्तलन र फुल कन्ट्याक्ट नी स्ट्राईकमा रेकर्ड राख्नुभएको थियो ।

कराँते खेलमा शौखिन ठकुरी अमेरिकन गोजु क्यू कराँतेको ब्ल्याक बेल्ट समेत हुनुहुन्छ । नेपालबाट १६ बर्षको उमेरमा अमेरिका जानुभएका उहाँले विभिन्न पदक तथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।

यसैवीच, ठकुरीले नेपाल र नेपालीको लागि आफुले विश्वमा विभिन्न रकर्ड कायम गरेपनि नेपाली संचार जगतले त्यसप्रति ध्यान नदिएको गुनासो गर्नुभएको छ । भविष्यमा मार्शल आर्ट सम्बन्धि आफुसंग रहेको ज्ञान र अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्ने र सामाजिक कार्यमा संलग्न हने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू