अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४४ | Colorodo: 07:59

रुग्ण उद्योगहरु संचालनमा ल्याउने तयारी भैरहेको छ – मन्त्री भट्ट

बिआरटीनेपाल २०७६ मंसिर १९ गते ६:२५ मा प्रकाशित

नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले रुग्ण उद्योगहरु संचालनमा ल्याउने तयारी भैरहेको बताउनुभएको छ । प्रेस संगठन सुदूरपश्चिमले धनगढीमा गरेको पत्रकार सम्मेलनमा उहाँले रुग्ण उद्योगहरुको अवस्था हेरेर तिनीहरुलाई संचालन गर्ने तयारी भैरहेको बताउनुभएको हो ।

मन्त्री भट्टले औद्योगिक ग्राम स्थापनाका लागि स्थानीय सरकारले सम्भाव्यता अध्ययन गरी डिपीआर बनाउन आग्रह गर्नुभयो ।सरकारले कैलाली र कञ्चनपुरमा घोषणा गरेको औद्योगिक क्षेत्र निर्माणका लागि पहल भइरहेको उहाको भनाई थियो ।

महेन्द्रनगरमा निर्माण हुने सुख्खा बन्दरगाह छिटो निर्माण गर्न आफुले पहल गरिरहेको भन्दै मन्त्री भट्टले बन्दरगाह निर्माणबाट मुलुकको समग्र विकासमा फाईदा पुग्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू