अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२५ | Colorodo: 00:40

साग इतिहासमै नेपालले धेरै स्वर्ण पदक जित्यो

बिआरटीनेपाल २०७६ मंसिर १९ गते ६:२४ मा प्रकाशित

नेपालले दक्षिण एसियाली खेलकुद (साग) को इतिहासमा सर्वाधिक स्वर्ण पदक जितेको छ । यसअघि आठौँ संस्करणमा ३४ स्वर्ण जितेर बनाएको स्वर्णको रेकर्ड नेपालले जारी १३ औँ सागमा भंग गरेको छ । नेपालले अहिलेसम्म ३४ स्वर्ण जितेको छ ।

साइक्लिङको क्रस कन्ट्री पुरुषतर्फ नेपालका बुद्धिबहादुर तामाङले स्वर्ण जितेपछि नेपालले सागको इतिहासमा नयाँ रेकर्ड बनाएको हो । यस पटकको सागमा नेपालले तेक्वान्दो, कराँते, साइक्लिङ, ट्रायथोनल, उसुमा स्वर्ण जितेको छ । अझै नेपालको प्रतिस्पर्धा जारी रहेको छ, जसबाट नेपालले अझै केही स्वर्ण थप्ने सम्भावना रहेको छ ।

यो सँगै नेपालले साइक्लिङमा ४ स्वर्णसँगै पदक संख्या ७ पुर्याएको छ । बुधबार डाउनहिलतर्फ राजेश मगर र निश्मा श्रेष्ठ र बिहीबार बिहान क्रस कन्ट्रीमा लक्ष्मी मगरले स्वर्ण दिलाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू