अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४४ | Colorodo: 14:59

नेपालआईस मिस पूर्वाञ्चलको दसौँ संस्करणमा २१ जना अन्तिम प्रतिस्पर्धी

बिआरटीनेपाल २०७६ मंसिर १८ गते १२:०६ मा प्रकाशित

धरान / पूर्वाञ्चलकै सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिताको रूपमा स्थापित नेपाल आइस ‘मिस पूर्वाञ्चल’को दसौँ संस्करणको अन्तिम प्रतिस्पर्धीको रूपमा २१ जना पूर्वको विभिन्न सहरको युवतीहरू छनोट भएका छन् ।

अनलाइन फर्म , धरान , इटहरी र विराटनगरको विभिन्न कलेजहरूमा कलेज एक्टिभेशन र धरानमा गरिएको अडिसनबाट छानिएका युवतीहरूलाई गत साता देखिको ग्रुमिग क्लास , फोटोग्राफी र मेकअप क्लासपछि अन्तिम प्रतिस्पर्धीको रूपमा छनोट गरिएको हो ।

धरानबाट अनुषा लिम्बु,अनुपमा बस्नेत, सुष्मिता बराइली, निभेदिता राजभण्डारी, श्वेता पोख्रेल, मोनालिसा राई, शशि बिसंखे, सिमरन प्रधान, सिमरन लिम्बु, रतुवामाई – इटहराबाट बिपना तामाङ, उर्लाबारीबाट मिलिमा श्रेष्ठ, इटहरीबाट सुदिक्षा विश्वकर्मा, निशा धिताल, अस्मिता लिम्बु, वर्षा श्रेष्ठ, प्रिजनी नेपाल खोटाङबाट एन्जल राई, पथरीबाट ऋजु भट्टराई, रेजिना राई र धनकुटाबाट रेश्मा राई र अन्जु बुढाथोकी अन्तिम छनोटमा परेका हुन् । प्रिजनी नेपाल मिस इटहरी आइकन २०१९ विजेता हुन् भने ऋजु भट्टराई मिस पथरी शनिश्चरे २०१९ र ,एन्जल राई मिस राई २०१९ कि विजेता हुन ।त्यस्तै अन्य सहभागीहरू पनि मिस एसईई , मिस धनकुटा, मिस पथरी शनिश्चरेमा भाग लिएका र विभिन्न टाइटल जितेकाहरू छन् ।

कोरियोग्राफर तथा ट्रेनर र भर्खरै मिस कस्मोपोलिटन वर्ड २०१९ कि विजेता बनेकी प्रियारानी लामाले प्रतियोगीहरूलाई फिनालेको लागि सम्पूर्ण ट्रेनिङ दिनेछिन्। प्रतियोगीहरूलाई इपिएस , व्यक्तित्व विकास, फेशन, ¥याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, लगायतका अन्य विभिन्न विषयहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूबाट प्रशिक्षण दिइने छ ।  सिजी ब्रुअरीको मुख्य प्रायोजन, बराह ग्रुपको प्रस्तुति र ओम शान्ति कम्पनी लिमिटेड सिओल कोरियाको सह -प्रायोजनमा तथा सिल्भर इन्टर टेनमेन्टको आयोजनामा हुने नेपाल आइस मिस पूर्वाञ्चल २०१९ को अन्तिम प्रतिस्पर्धामा विजेताले मिस पूर्वाञ्चल २०१९ को उपाधिसँगै रु दुई लाख नगद र अध्ययनका लागी युएन कलेजको छात्रवृत्ति दिइने आयोजकले जनाएको छ । मिस पूर्वाञ्चलको ग्रान्ड फिनाले आगामी पौष ५ गते शनिवार धरानमा भब्यरुपमा आयोजना गरिनेछ।

त्यस्तै फस्ट र सेकेन्ड रनर अफलाई क्रमशः एक लाख नगद र पचास हजार नगद पुरस्कार सँगै छात्रवृत्तिकोपनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन , मिस बेस्टवाक लगायतका विभिन्न विद्यामा समेत प्रतियोगीहरू पन्ध्र हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

मिस पूर्वाञ्चलको उपाधि यस अघि २०१० मा झापाकी सविना सुब्बा, २०११ मा सुनसरीकी प्रतिभा श्रेष्ठ र २०१२ मा सुनसरीकी अस्मिता गुरुङले २०१३ मा सुनसरीकी नेहा बजाज,२०१४ मा मोरंगकि नेमिता आङबुहाङ २०१५ मा मोरंगकि प्रियङ्का श्रेष्ठ ,२०१६ मा झापाकी कृतिका गिरी, २०१७ मा सुनसरीकी रुबी लिम्बु र २०१८ मा झापाकी पूजा श्रेष्ठले जितेकी थिए ।

प्रतिक्रिया