अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४१ | Colorodo: 07:56

व्हाइट हाउस अगाडी सशक्त विरोध जुलुस प्रदर्शनको तयारी तीव्र गतिमा

विजय थापा २०७६ मंसिर १८ गते ११:४१ मा प्रकाशित

डिसी । कालापानीमा गरेको भूमि अतिक्रमण विरुद्ध अमेरिका भरका नेपालीहरू डिसीमा जम्मा भई सशक्त विरोध जुलुस प्रदर्शन गर्ने उद्देश्यसाथ तीव्र गतिमा अगाडी बढी रहेको आयोजकले जनाएको छ । उक्त प्रदर्शन व्हाइट हाउस अगाडी रहेको लाफेएट उद्यान (पार्क )मा डिसेम्बर १४ शनिवारका दिन विरोध प्रदर्शन हुने छ । हालसम्म डिसी विरोध प्रदर्शन समितिले यस विषयमा ३ पटक बैठकको आयोजना गरी विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेका छन् । उक्त दिन बिहान १० बजे प्रदर्शन गर्ने समय निर्धारण गरिएको छ भने संयुक्त नेपाली मोर्चा जसलाई ‘नेपालीको क्षेत्रीय अखण्डताको लागि नेपालीहरू’नामक नेपालीहरूको समूहले नेतृत्व गर्ने छ ।

गत बुधवार नोभेम्बर २७ का दिन बसेको बैठकले जानकारी गराए अनुसार हाल सम्म डिसेम्बर १४ का दिनलाई अनुमति प्राप्त भई नसकेको जनाएको छ । डिसेम्बर १४ या १५ का दिन विरोध प्रदर्शन हुन् सक्ने लचकता समेत लिएको छ ।
उक्त बैठकले डिसी विरुद्ध प्रदर्शन सञ्चालक समितिको नेतृत्व बानाका पूर्व अध्यक्ष कुलमणि आचार्यले गर्ने र उनको नेतृत्वले सबै सङ्घ/संस्था र व्यक्तिहरूसँग सम्पर्क गरी समन्वय गर्ने छन् । बैठकले डिसी विरोध प्रदर्शन अन्य विरोध प्रदर्शन मध्ये कै एक रूप हो । यो एक निरन्तर प्रक्रिया हो भन्ने कुरामा जोड दिएको छ । बैठकले अन्य प्रकारका विरोध प्रदर्शन एकैसाथ आयोजना समिति मार्फत गर्ने जनाएको छ ।

डिसी विरोध प्रदर्शन आयोजना समितिले भारत, अमेरिका, बेलायत, चीन, संयुक्त राष्ट्र सङ्घ प्रधान कार्यालय, नेदरल्याण्डको अन्तर्राष्ट्रिय न्याय अदालत, सर्वेक्षण विभाग भारत, अमेरिकी विदेश मन्त्रालय, नेपाल ककस, सिनेट कार्यालय, नेपाली सञ्चार माध्यमलाई पत्राचार गर्ने जनाएको छ । साथै यस विषयमा अमेरिकी मूलधारका सञ्चार माध्यम, नेपाली सञ्चार माध्यम, अमेरिकामा रहेको नेपाली पत्रकारहरूको संस्थाहरू ईञ्जा र नेजालाई समेत संलग्न गराइने निर्णय गरेको छ । उक्त विशाल विरोध प्रदर्शनमा स्थानीयहरूद्वारा व्यवस्थित सांस्कृतिक प्रदर्शन समावेश समेत हुनु पर्ने कुरामा जोड दिएको छ । कार्यक्रमको लागि कोष वृद्धि तथा अन्य विविध विषयमा आयोजक समितिले काम गर्ने छ । डिसी विरोध प्रदर्शन हुनु अगाडी एक पटक भौतिक बैठक बोलाइने जनाएको छ । डिसी विरोध प्रदर्शन पछि विज्ञ वक्ता समूहको छलफल एएनएका पूर्व अध्यक्ष तथा समाजसेवीले व्यवस्थापन गर्ने छन् ।

फायल फोटो

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू