अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२७ | Colorodo: 19:42

सुम्निमा साँझ – ११ डिसेम्बर २४ मा, साकेला नाच्न राजेश पायलको निम्तो

बिआरटीनेपाल २०७६ मंसिर १८ गते ११:५४ मा प्रकाशित

न्यू योर्क । नियमित रुपमा ११ वर्षदेखि हुँदै आएको सुम्निमा साँझ यसपटक साँझ डिसेम्बर २४ मा आयोजना हुँदैैछ ।

अमेरिकामा राई समुदायको संस्कार संस्कृति प्रवद्र्धन गर्ने उदेश्यले किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) न्यू योर्क च्याप्टरले यो कार्यक्रम २०६६ देखि हरेक वर्ष आयोजना गर्दै आएको छ । यस पटक यो कार्यक्रम गरिएको ११ वर्ष पुग्ने भएकाले कार्यक्रमका नामा ‘सुम्निमा साँझ–११’ राखिएको छ । यो कार्यक्रम हरेक वर्ष डिसेम्बरमा हुन्छ । यसपटक कार्यक्रम ज्याक्सन हाइटस्थित बेलोजिनो हलमा हुँदैछ ।

कार्यक्रममा राईहरुको संस्कृति झल्किने साकेला नृत्य प्रस्तुत गरि सुरु हुने छ । यसपालीको कार्यक्रमको आकर्षण भने चर्चित गायक राजेश पायल राई हुनेछन् । उनले युट्यूब भिडियोमार्फत साकेला नाच्न सबैलाई निम्तो गरिसकेका छन् । कार्यक्रममा केआरएसएका स्थानीय कलाकरले समेत मनोरज्नतात्मक कार्यक्रम प्रस्तुति गर्नेछन् । केआरएसए न्यू योर्क च्याप्टरकी अध्यक्ष भारती राईले किरात राई समुदायको यो कार्यक्रम सबै नेपाली समुदायमाझ चर्चित रहेको बताइन् । केआरएसले जाडो छल्न तराईतिर झर्ने उद्यौलीका अबसर पारेर सुम्निमा साँझ आयोजना गर्छ । उभौलीका अबसरमा भने केआरएसएले साकेला कार्यक्रम गर्छ ।

केआरएसएले गत वर्षदेखि किरात राईहरुको चुल्हा घर ‘माङ्खिम’ निर्माण सहयोगार्थ सुम्निमा साँझ आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू