अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०९ | Colorodo: 02:24

अमेरिकामा उद्यौली कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७६ मंसिर १८ गते ११:३५ मा प्रकाशित

अमेरिका । युनाईटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिकाको डिएमभीपी च्याप्टरले उधौली कार्यक्रम सम्पन्न गरेको छ । च्याप्टरका अध्यक्ष प्रकाश राईको अध्यक्षतामा सम्पन्न भएको उक्त उधौली कार्यक्रममा अध्यक्ष राईले कार्यक्रम गर्नुको मूल उद्देश्य, आउने भावी पुस्तालाई आफ्नो समुदायको संस्कार र संस्कृति विषयमा बुझाउनु रहेको बताउँदै अमेरिकामा रहेका सम्पूर्ण राईहरू एक भएर आफ्नो संस्कार र संस्कृति जोगाउन तथा भइपरी आउने समस्यामा एक आपसमा सहयोगको वातावरण तयार गर्नु रहेको बताएका थिए ।

एनआरएनए अमेरिकाका पूर्व उपाध्यक्ष, अर्गनाइजेशनका पूर्व केन्द्रीय सभापति तथा हालका सल्लाहकार तथा जनजाति महासङ्घ अमेरिकाका सल्लाहकार मिलन राईले उधौली र उभौलीका विषयमा बताएका थिए । उनले व्यस्त समयमा पनि कार्यक्रममा उपस्थित भइदिएकोमा सबैलाई धन्यवाद व्यक्त गरेका थिए । राईले आफ्नो संस्कार र संस्कृति संरक्षणका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने समेत बताएका थिए ।

केशर राईको स्वागत मन्तव्य, महासचिव हर्क राईको कार्यक्रम सञ्चालन रहेको उक्त कार्यक्रममा संस्थाको आर्थिक विवरण बारे सरिता राईले जानकारी दिएकी थिइन् । उक्त अवसरमा (DMVP)डिएमभिपी च्याप्टरमा आबद्ध नयाँ सदस्यहरूलाई अध्यक्ष प्रकाश राईले खादा लगाएर स्वागत गरेका थिए भने न्यु योर्क च्याप्टरका अध्यक्ष केशव राम राईले कार्यक्रमका लागि निमन्त्रणा गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

राईले अमेरिकामा रहेका राईहरू एकजुट भएर आफ्नो संस्कृति संरक्षणमा लाग्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया