अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५० | Colorodo: 21:05

डीएसपी ढुंगेललाई पक्रन अदालतको अनुमति

बिआरटीनेपाल २०७६ मंसिर १८ गते ६:५० मा प्रकाशित

नेपाल प्रहरीका डीएसपी कुमोद ढुंगेलविरूद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौँले आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै डीएसपी ढुंगेलविरूद्ध आज पक्राउ पूर्जी जारी गरेको हो ।

गत वैशाखमा प्रहरी प्रधान कार्यालयले डीएसपी ढुंगेललाई पदबाट निलम्बन गरेको थियो । गत चैत २६ गते रानीबारीमा भएको लुटपाट तथा चोरी प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठ र डीएसपी ढुंगेलबीचको कल विवरण सार्वजनिक भएको थियो ।

प्रहरी अनुसन्धानको क्रममा श्रेष्ठले घटना गराएको दिन डीएसपी ढुंगेललाई भेटेको बयान दिएका थिए । हाल जेलमा रहेका गुण्डा नाइके समीरमान बस्नेतसँग समेत ढुङ्गेलको पटक–पटक सम्पर्क देखिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू