अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१५ | Colorodo: 08:30

साग फुटवल – नेपाल/श्रीलंका बराबर 

बिआरटीनेपाल २०७६ मंसिर १८ गते ६:४८ मा प्रकाशित

१३ औं साग अन्तर्गत पुरुष फुटबल प्रतियोगिताको बुधबार साँझ भएको खेलमा नेपालले श्रीलंका विरुद्ध १–१ गोलको बरावरी खेलेको छ । खेलको ३६ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै कप्तान सुजल श्रेष्ठले नेपालका लागि गोल गरेका थिए ।

श्रीलंकाली खेलाडीले नेपाली खेलाडीलाई डि बक्समा घाइते बनाएपछि नेपालले पेनाल्टी पाएको थियो। तर, इन्जुरी टाइममा श्रीलंकाले गोल गरेपछि खेल वरावरस्मा सकिएको हो । नेपालले मंगलबार भएको खेलमा भुटानलाई ४–० पराजित गरेको थियो ।

 

प्रतिक्रिया