अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१० | Colorodo: 12:25

महरालाई बचाउन रोशनी शाही उच्च अदालतमा

बिआरटीनेपाल २०७६ मंसिर १८ गते ४:३३ मा प्रकाशित

बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै पीडित रोशनी शाही नै उच्च अदालत पाटन पुगेकी छन् । जिल्ला अदालत काठमाडौंको थुनामा पठाउने आदेश बेरीतको भएको भन्दै महराबाटै बलात्कृत भएकी भनिएकी शाहीले तीन दिनअघि उच्च अदालत पाटनमा निवेदन दिएकी हुन् ।

गत कात्तिक १८ गते निवर्तमान सभामुख महरालाई बलात्कार प्रयासको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो । उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालका अनुसार रोशनीको सो निवेदनलाई अदालत प्रशासनले दरपीठ (दर्ता गर्न अस्वीकार) गरिदिएको छ ।

रोशनीले निवेदनमा महराविरुद्धको जाहेरीमा आफूलाई जबर्जस्ती हस्ताक्षर गर्न लगाएको, जिल्ला अदालतले थुनामा राख्न गरेको आदेश कानुनसम्मत नभएकोलगायतका कारण उल्लेख गर्दै थुनामा राख्ने आदेश बदर गर्न माग गरिएको छ । निवेदनलाई प्रशासनले दरपीठ गरेपछि रोशनी दरपीठ आदेशविरुद्ध मंगलवार इजलासमा निवेदन दिन पुगेकी छन् । रजिष्ट्रार दाहालका अनुसार उनको निवेदन आजको इजलासमा पेश हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू