अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२३ | Colorodo: 03:38

एमबिबिएस परीक्षा बहिस्कार, प्रवेश पत्र जलाईयो

बिआरटीनेपाल २०७६ मंसिर १८ गते ४:११ मा प्रकाशित

आन्दोलनरत् चिकित्सा शिक्षा एमबिबिएसलगायतका विद्यार्थीले परीक्षा बहिस्कार गरेका छन्। बिडिएस, नर्सिङलगायत आठ संकायका परीक्षार्थीले परीक्षा बहिस्कार गरेका हुन्। बिहीबारदेखि भने एमबिबिएस पहिलो वर्षको परीक्षा तय भएको थियो।

युनिभर्सल मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज र जानकी मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिस्कार गरेका हुन्। आन्दोलनरत् विद्यार्थीमध्ये चितवन मेडिकल कलेजका विद्यार्थीले परीक्षा बहिस्कार गरेको जनाउँदै बुधबार प्रवेश पत्र जलाएका छन्। चिकित्सा शिक्षा संघर्ष समितिको अगुवाइमा चितवनमा विद्यार्थीले प्रवेश पत्र जलाएका हुन्।

शुल्क समायोजनको नाममा मेडिकल कलेजमा अध्ययनरत् विद्यार्थीलाई शिक्षा मन्त्रालयले धोका दिएका कारण परीक्षा बहिस्कार गर्नुपरेको बिद्यार्थीहरुले बताएका छन् । यो संगै भोलिदेखि हुने परीक्षामा विद्यार्थी सहभागी हुने छैनन् । एमबिबिएस पहिलो र दोस्रो वर्षमा उठाइएको गैरकानुनी शुल्क फिर्ता गर्ने सहमति मंसिर १० गते भएको थियो।

शिक्षा मन्त्रालय र मेडिकल कलेज सञ्चालकबीच भएको उक्त सहमति ‘अमूर्त’ रहेको भन्दै विद्यार्थीले त्यसलाई अस्वीकार गरेका छन्। शुल्क समायोजन गरिने भनिए पनि एमबिबिएस तेस्रो र चौथो वर्षमा उठाइएको गैरकानुनी शुल्कबारे केही नबोलिएको, कुन शीर्षकमा उठाइएको कति शुल्क फिर्ता गर्ने सहमति भएको उल्लेख नभएको भन्दै विद्यार्थीले अस्वीकार गरिरहेका छन्। चिकित्सा शिक्षाका आठै संकायमा उठाइएको शुल्क फिर्ता गर्नुपर्ने माग विद्यार्थीको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू