अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१५ | Colorodo: 03:30

नेपालका जगन चापागाईं अन्तर्राष्ट्रिय रेडक्रस महासंघको कार्यकारी प्रमुख चयन

बिआरटीनेपाल २०७६ मंसिर १८ गते ३:३१ मा प्रकाशित

नेपालका जगन चापागाईं अन्तर्राष्ट्रिय रेडक्रस महासंघको कार्यकारी प्रमुख अर्थात् महासचिव चयन हुनुभएको छ । १९० मुलुकमा कार्यरत रेडक्रसको यस तहमा पुग्ने उहाँ पहिलो नेपाली बन्नुभएको छ ।

जेनेभामा मंगलबार बसेको महासंघको कार्यकारी निकायले चापागाईंलाई महासचिव पदमा चयन गरेको हो। इन्जिनियरिङको पढाइ गर्नुभएका जगन चितवनका बासिन्दा हुनुहुन्छ । चापागाईंलाई महासचिवमा चयन गरेपछि रेडक्रसले उहाँको २५ वर्ष लामो अनुभवको फाइदा आफूहरूलाई हुने बताएको छ।

चापागाईंले रेडक्रसको थुप्रै उपल्लो निकायमा काम गरिसकेका छन्। रेडक्रस अन्तरगत रहेर उहाँ ले एसिया(प्यासेफिकको क्षेत्रिय निर्देशक तथा महासचिवको कार्यालयमा अन्डर सेक्रेटरी जनरल र कर्मचारी प्रमुखका रूपमा समेत काम गरिसक्नुभएको छ । महासचिब पदमा चापागाईं खुल्ला प्रतिष्पर्धाबाट छनौट हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू