अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२७ | Colorodo: 13:42

नेपाल बंगलादेशसँग १० विकेटले पराजित

बिआरटीनेपाल २०७६ मंसिर १८ गते ३:११ मा प्रकाशित

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा नेपाल पराजित भएको छ । लिग चरणको दोस्रो खेलमा बुधबार नेपाल बंगलादेशसंग १० विकेटले पराजित भएको हो । पोखरा रंगशालामा नेपालले दिएको ५१ रनको सामान्य लक्ष्य बंगलादेशले ७ ओभर ४ बलमा विकेट नगुमाई पुरा गर्यो ।

उसका आयशा रहमानले २६ तथा मुर्सिदा खातुनले २३ रनको अविजित इनिङ्स खेलिन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९ ओभर २ बलमा ५० रन बनाउँदा अलआउट भएको थियो । नेपालकी कप्तान रुबिना क्षेत्रीले सर्वाधिक १३ रन बनाउँदा सोनु खड्काले १२ र इन्दु बर्माले १० रन जोडिन् ।नेपालको ४ खेलाडी शुन्यमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

बंगलादेशकी रबिया खानले ४ विकेट लिईन् । बंगलादेशसँगको हारसँगै नेपालको फाइनल यात्रा कठिन बन्ने देखिएको छ । अब नेपालले डिसेम्बर ६ मा श्रीलंकासँग अन्तिम खेल खेल्नेछ । फाइनल पुग्न नेपालले टेष्ट राष्ट्र श्रीलंकालाई पराजित गर्ने पर्ने दबाब रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू