अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२४ | Colorodo: 19:39

कालापानी लगायतका अतिक्रमित क्षेत्रबाट भारतीय सेना फिर्ताको माग गर्दै प्रवासी नेपालीद्वारा बेलायतमा प्रदर्शन

बिआरटीनेपाल २०७६ मंसिर १७ गते ५:३३ मा प्रकाशित

गैरआवासीय नेपाली संघको आह्वानमा बेलायतस्थित प्रवासी नेपालीहरूले कालापानी लगायतका क्षेत्रबाट भारतीय सेना फिर्ता लैजानुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेका छन्।

गैर आवासीय नेपाली संघ युके शाखाको आयोजनमा लन्डनस्थित भारतीय उच्चायुक्तको कार्यालय बाहिर  प्रदर्शन गरिएको हो । भारतले चीनसंगको सीमामा पर्ने रणनीतिक महत्त्वको उक्त क्षेत्रलाई लामो समयदेखि आफ्नो नियन्त्रणमा राखेकोले दबाब दिन उक्त विरोध प्रदर्शन आयोजन गरिएको गैर आवासीय नेपाली संघ युकेका महासचिव फडिन्द्र भट्टराइले जानकारी दिनुभयो ।

गैर आवासीय नेपाली संघले संसारभरी रहेका आफ्ना ८० भन्दा बढी शाखाहरूलाई भारतीय  अतिक्रमणको विरोध गर्न भनेको छ । भारतले नेपाली भुमिमा गरेको अतिक्रमणको बिरोधमा यसअघि जापान, जर्मनी, बेल्जियम, स्विट्जरल्याण्ड लगायतका मुलुकमा पनि प्रवासी नेपालीहरूले त्यहाँस्थित भारतीय कूटनीतिक नियोगहरू सामु विरोध जनाएका थिए।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू