अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२६ | Colorodo: 17:41

पाँचथरको फालेलुङमा आगलागी, ८५ वर्षीया वृद्धाको ज्यान गयो

बिआरटीनेपाल २०७६ मंसिर १७ गते ३:५२ मा प्रकाशित

फालेलुङ गाउँपालिका–३, मेमेङको एक घरमा आगलागी एक जना वृद्धाको ज्यान गएको छ । सोमबार राति आगलागी हुँदा ८५ वर्षीया वृद्धा टंकरानी थाम्सुहाङको ज्यान गएको हो । टंकरानी घरमा एक्लै बस्दै आउनुभएको थियो । मध्य रातमा आगलागी भएका कारण छिमेकीले पछि मात्रै थाहा पाएका थिए ।

वृद्धाको शव जलेको अवस्थामा भेटिएको पाँचथर प्रहरीले जनाएको छ । चुल्होबाट आगो सल्किएर आगलागी भएको प्रहरीको अनुमान छ । थाम्सुहाङ चुल्होको छेउमा  नै सुत्ने गर्नुभएको थियो । आगलागीबाट दुई तले घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू