अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२३ | Colorodo: 02:38

साग महिला फुटबलमा नेपालको विजयी सुरुवात

बिआरटीनेपाल २०७६ मंसिर १७ गते २:४३ मा प्रकाशित

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ ।  श्रीलंकाविरुद्धको पहिलो खेलमा नेपाल एक–शून्य गाेलले विजयी भएको हो ।

नेपालका लागि अनिता केसीको पासमा सरु लिम्बूले ८६ औँ मिनेटमा गोल गरेकी हुन् । जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ ।

महिला फुटबल अन्तर्गत मंगलबार भारत र माल्दिभ्सबीच खेल हुनेछ । अब नेपालले बिहीबार माल्दिभ्ससँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू